देश
काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । बिहीबार दिउँसो १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
सिन्धुपाल्चोकको माझीटार आसपास केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का काठमाडौंसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।
यसअघि, गत मंगलबार बिहान ७:५४ बजे बैतडी केन्द्रविन्दुर बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१ १३:२१
प्रतिक्रिया दिनुहोस्