site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६ वटा परकम्प गइसक्यो, भूकम्पविद् लोकविजय भन्छन्– ठूलो परकम्प आउन सक्छ 
Tiktok banner adTiktok banner ad

काठमाडौं । तिब्बतको दिङ्गी केन्द्रविन्दु बनाएर गएको भूकम्पको परकम्प गइरहेको छ । बिहान ८:४५ सम्म ६ वटा परकम्प गएको भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए । 

“हालसम्म ६ वटा परकम्प गइसकेको छ । ४ म्याग्निच्युडभन्दा माथिका ६ वटा परकम्प गएको हो,” अधिकारीले बाह्रखरीसँग भने, “४ भन्दा तलका परकम्प त धेरै नै गइसकेका छन् । ४ देखि ५.२ सम्मका ६ वटा परकम्प गएका छन् ।” 

यीभन्दा ठूलो परकम्प जाने सम्भावना रहेको उनले जानकारी दिए । “अहिलेसम्म आएका परकम्पभन्दा ठूलो परकम्प जाने सम्भावना रहन्छ,” उनी प्रष्ट पार्छन्, “यद्यपि, ७ म्याग्निच्युडभन्दा ठूलो भने हुने सम्भावना कम हुन्छ ।” 

तिब्बतको दिङ्गी केन्द्रबिन्दु बनाएर आज बिहान ६:५० बजे ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यो पनि पढ्नोस्–

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ०८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro