site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अब कांग्रेस, एक कम्युनिष्ट र एउटा वैकल्पिक शक्तिमात्र बाँकी रहन्छन् 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

माओवादीको सशस्त्र विद्रोहको स्वरूप निर्धारण र वैचारिक लाइनको नेतृत्व गरेका डा. बाबुराम भट्टराई संविधान जारी भएपछि माओवादी छाड्दै वैकल्पिक शक्ति निर्माणमा लागेका छन् । तर, वैकल्पिक शक्ति अरुले नै निर्माण गर्ने कसरत गरिरहँदा उनी भने संघीय संसदमा प्रतिनिधित्व नभएको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष छन् । 
गोरखामा प्रचण्डलाई चुनाव जिताएका भट्टराईका संघीय संसद्का दुई सदस्य उनै प्रचण्डले खोसिदिएका छन् ।  यस्तो बेला भट्टराई किनारामा बसेर नेपाली राजनीतिको मूल्यांकन गरिरहेका छन् ।  राजनीतिक अराजकता बढिरहेका बेला समाज कुन बाटोेमा छ, राजनीतिक पार्टीहरूको भविष्य कस्तो होला ? 
अनि व्यवस्थामाथि उठाइएका प्रश्नहरूको जग कतिको बलियो छ । यिनै प्रश्नको सेरोफेरोमा नेता डा. भट्टराईसँग राजनीतिक संवाद गरेका छौँ । प्रस्तुत छ डा. भट्टराईसँग बाह्रखरीका बलराम पाण्डेरमेश वाग्लेले गरेको संवादको सम्पादित अंश । 

–संसद् बाहिर रहेर राजनीतिक परिदृष्यलाई कसरी नियालिरहनुभएको छ ? 

लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण गर्ने क्रममा दुई चुनाव भए । जुन सकारात्मक छ ।  तर, संविधानमा छाडिएका त्रुटिका कारण अस्थिरता जारी छ ।  राजनीतिक रूपमा त्यो एउटा समस्या छ । तर, मुख्य समस्या कहाँ रह्यो भने परिवर्तनपछि जनताको आर्थिक सामाजिक परिवर्तन र निजी जीवनमा समृद्धि र खुसियाली आउन सकेन । 

आखिर क्रान्ति र परिवर्तन भनेकै आर्थिक सामाजिक परिवर्तन र जनताका निजी जीवनमा खुसियालीकै लागि हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

हामीले राजनीतिक परिवर्तन त गर्‍यौँ । तर, आर्थिक समाजिक रूपान्तरण र मुख्यतः रोजगारी, शिक्षा, स्वास्थ्य क्षेत्र व्यवस्थापन हुन नसक्दा जनतामा चरम निराशा र असन्तुष्टि छ, युवाहरूमा चरम वितृष्ण देखिँदैछ । 
हाम्रो पालामा त असन्तुष्टि व्यक्त गर्न लड्थ्यौँ, विद्रोह गर्थ्यौं । अबका युवाहरूमा त देशै छाडेर हिँड्ने प्रवृत्ति देखिँदैछ ।

–तपाईंंलाई ‘मास फ्रस्ट्रेसन’ छ जस्तो लाग्दैन ? राजनीतिले सबै कुरा बिगार्‍यो भन्ने भएको छ । यसले एउटा ‘भ्याकुम’ बनाउँदै लगेजस्तो लाग्दैन ?

Royal Enfield Island Ad

हो, यसमा पहिलो कारण राजनीतिक परिवर्तनले जनताका आकांक्षा सम्बोधन नहुनु नै हो । 

संसारको इतिहासमा धेरै ठूलो क्रान्तिमध्येकै हो नि राजतन्त्र अन्त्य गरेर संविधानसभाबाट संविधान बनाउनु, राज्यका सबै अंगको पुनः संरचना गर्नु । यो नेपाली इतिहासकै सबैभन्दा ठूलो क्रान्ति हो नि । 

तर, त्यसको व्यवस्थापन हाम्रोमा ढिलो भयो । केही दशक हामीले सम्पूर्ण शक्ति लगाएर मुख्यतः आर्थिक सामाजिक रूपान्तरणमा, आर्थिक क्रान्ति गर्ने बाटोमा जानुपर्थ्यो, त्यता केही गर्न नसक्दा जनतामा निराशा देखिएको हो ।
यसको अर्थ ठीक ढंगले राजनीतिक नेतृत्वले बुझाउन सकेन भने स्वःस्फूर्त हुने विद्रोह राजनीतिक अराजकतातिर जाने खतरा पनि हुन्छ । 

अर्कातिर छरछिमेकमा तीव्र गतिमा परिवर्तन र प्रगति भइरहेको छ । 

चीनसँगै भारतको प्रगति पनि तीव्र छ । दुवै शक्तिको तीव्र आर्थिक विकास हुने, हाम्रोमा चाहिँ यही अवस्थामा रहने हो भने त जोखिम हुन्छ ।  हाम्रोमा बंगालको खाडीमा पानी पर्दा यहाँ छाता ओढे जस्तो प्रभाव हुन सक्छन् । 
मेरो बुझाईमा, चिन्ताजनक अवस्थातिरै हामी छौं । यसका निम्ति बेलैमा आकलन गरेर यसको समाधान गर्नेतर्फ जानुपर्छ भन्ने हो ।

–त्यो भनेको चाहिँ कस्तो ? केही समयअघि प्रचण्डले बंगलादेशकै घटना सम्झाउनुभयो संसदमा । बाहिर पनि बंगलादेश हुनसक्छ/बनाइन्छ भन्ने चेतावनीहरू सार्वजनिक भइरहेका छन् । पूर्वराजावादीहरू परिवर्तन उल्ट्याउँछौ भनिरहेका छन् । सबै जोडिँदा परिवर्तन उल्टिने दिशातर्फ मुलुक अघि बढेकै हो ?   

प्रचण्डजस्तो व्यक्तिले त त्यसो भन्न सुहाउँदैन । विगत हेर्ने हो भने शेरबहादुरजीका पालादेखि करिब ३० वर्षको समय भयो ।  ०६२–६३ देखि हेर्नुभयो भने सत्तामा बस्नेहरू शेरबहादुरजी, केपी ओलीजी र प्रचण्डजी नै हो । सत्ताबाट निस्किएकै दिन बंगलादेश हुन्छ भन्न त मिल्दै मिल्दैन । 

विद्रोह भयो भने त उहाँकैविरुद्ध विद्रोह हुन्छ । त्यसकारण त्यो चाहिँ रिस पोख्ने कुरा मात्रै भयो, तर उहाँलाई सुहाँउदैन । 

हाम्रो आँखाले के भन्छ भने जनतामा जुन किसिमका असन्तुष्टि छन् त्यसलाई ठीक ढंगले सम्वोधन गरिएन भने स्वतःस्फूर्त रूपमा हुन सक्ने विद्रोह चाहिँ बडो अराजक भएर जानसक्छ । 

कस्तो भने नियत त्यस्तो नहुँदा नहुँदै पनि समाधान अप्ठेरो हुने दिशामा जान पनि सक्छ ।  तर पनि नेपालमा त्यस्तो हुन दिन हुँदैन, किन भने हामी ठूलो संघर्षबाट आएका शक्तिहरू भएको हुनाले राजनीतिक चेतना छ ।    

तपाईंले राजावादीहरूको कुरा गर्नुभयो । त्यस्तो पुनर्उत्थानवादी शक्तिहरू जहिले पनि रहन्छन् । चार–पाँच प्रतिशतको हाराहारीमा तिनीहरूको उपस्थिति संसारभर जहाँ पनि रहन्छ । तिनले च्याँखे थाप्ने बेग्लै कुरा भयो । तर, राजतन्त्र फर्कने अवस्था छैन । 

खतरा कहाँ हो भने युवाहरूमा असन्तुष्टि रहिरह्यो, त्यसले विस्फोटक आकार लियो र कसैले सम्हाल्न सकेन भने त्यसले देशलाई हानी पुर्‍याउन सक्छ । तर, व्यवस्था पल्टाउने तहको हुन्छ जस्तो मलाई लाग्दैन ।  
तर, सम्हाल्ने कसले त ! जस्तो कांग्रेस र एमाले दुई ठूला दल सत्तामा छन् । दुईवटा मिलाउँदा झन्डै दुईतिहाई नजिक छ । 

अब यिनीहरूले पनि सकेनन् भने त्यसपछि हुन्छ के त फेरि ? त्यसले त संवैधानिक संकटतिर लिएर जान्छ । अराजकतातिर जान सक्छ । 

–यो दुईतिहाइ नजिकको सरकारले यी समस्या समाधान गर्न सक्छ भन्ने लाग्छ ? 

उहाँहरूले चेत्न सक्नुपर्‍यो नि त । ०७९ सालको चुनावको लगत्तैपछि सरकार परिवर्तन हुन थालेको थियो । त्यतिबेला प्रचण्डजीसँग पनि राम्रै सम्बन्ध थियो ।  मैले प्रचण्ड, ओली र शेरबहादुरजीसँग पनि तपाईंहरू तीनैजना मिलेर राष्ट्रिय सरकार बनाउनुस्, यो शान्ति प्रक्रिया पूरा गरौं भनेका थिए ।

जनतामा विकास निर्माणसँग सम्बन्धित जो असन्तुष्टि छन्, त्यसमा आधारभूत कुरामा सहमति गरौं र संविधानमा पनि संशोधन गरौं ।  शासकीय स्वरूपमा केही परिवर्तन, संघीयतामा केही परिमार्जन गरौं भनी सुझाव दिएकै हुँ । त्यसबेला उहाँहरूले मान्नु भएन । 

तर, अबको सन्दर्भमा के लाग्छ भने यो संघीय लोकतान्त्रिक गणतन्त्र ज–जसले मिलेर ल्यायौँ यसका ‘स्टेक होल्डर’हरूले यसलाई बेलैमा बुझेर समाधान गर्नेतर्फ जानुपर्छ ।  त्यसो हुन सकेन भने वैकल्पिक शक्तिहरू एक ठाउँ उभिनुपर्छ । 

हामीले त नयाँ शक्ति अभियान भनी वैकल्पिक शक्तिको अभ्यास सुरु गर्‍यौँ । हाम्रो पुरानो नेतृत्वमा दूरदृष्टिको अभाव छ । 

त्यसका आधारमा उहाँहरूबाट सायद पार लाग्दैन, नयाँ युगको प्रतिनिधित्व गर्ने वैकल्पिक शक्तिहरूले नेतृत्व गर्नुपर्छ भनी नयाँ शक्ति अभियान, वैकल्पिक शक्तिको निर्माण भएको हो ।

जहाँसम्म नयाँ शक्तिहरूको उदय त भइराखेको छ । तर, त्यसले आकार लिइसकेको छ्रैन । यस्तो बेलामा कमसेकम यो उपलब्धि गुम्न नदिन सहकार्य गर्ने र त्यसपछि फेरि प्रतिस्पर्धी ढंगले अगाडि जाने बाटो नै सही हुन्छ जस्तो लाग्छ । 

–वैकल्पिक शक्तिको नारा मुखरित गर्ने काम तपाईंले गर्नुभयो । त्यसले परिपक्व विकल्प दिन सक्यो या अराजकतालाई प्रोत्साहन गर्‍यो भनी समीक्षा गर्दै हुनुहुन्छ कि ? 

परिपक्वता भनेको विस्तारै आउने कुरा हो । किनभने राजनीति भनेको गर्दै सिक्दै जाने कुरा हो । विचार र संगठनको पनि विकल्प हुन्छ भन्ने जहाँसम्म तर्कहरू सुनिँदैछन् । त्यस्तो दिशानिर्देश हामीले गरेका थिएनौ । 

हामीले त सुरुदेखि नै पाँच समस्या र पाँच समाधान भनी ‘पाँच–स’ भनेका थियौँ । नेपालको जटिल भू–राजनीति छ । यसलाई ख्याल राख्नुपर्छ हामीले । त्यसकारण राष्ट्रिय स्वाधिनताको रक्षा पहिलो काम भन्यौँ । 

अर्को नेपालको जातीय, क्षेत्रीय विविधता छ, हिमाल–पहाड–तराईको । 

यसलाई समाधान गर्न सकेनौँ भने शान्ति हुँदैन देशमा । लोकतन्त्रपछि राजनीतिक अस्थिरता आएको छ र भ्रष्टाचार बढेको छ । 

खुसीको कुरा यसले देशमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न, शासकीय स्वरूपमा परिवर्तन गर्ने र समृद्धिको कुरामा बहस गर्ने वातावरण बनेको छ । 

यसलाई सम्बोधन गर्नेगरी विचारले परिवर्तन गरौं भनी हामीले लोकतन्त्रमा आधारित समाजवाद भन्यौँ ।  हामीले संविधानमा जे लेखेका छौँ त्यो पुरै राज्यले नियन्त्रण गर्ने साम्यवाद पनि होइन ।  पुरै बजारलाई छाड्ने उदारवाद पनि होइन । यसरी हामीले समाधान दिन खोज्यौँ । 

तर, पुराना पार्टीहरूले जुन खालको कुरा तलसम्म छ  त्यसलाई छिचोल्न अलिकति गाह्रो भएको हो । 

–फेरि पार्टीको नाम नयाँ शक्ति बनाउन लाग्नुभएको हो ? 

होइन, त्यसैको रूप हो । नयाँ शक्ति अभियानकै रूपमा यसको स्थापना गरेको हौँ । अनेक पक्ष–शक्तिहरूसँग जोडिँदै जाँदा हामीले समाजवादी पार्टी, जनता समाजवादी पार्टी भनी समाजवाद राख्दै आएका छौँ । 

यो समाजवाद, लोकतन्त्रमा आधारित समाजवाद हो । धेरै पार्टीले समाजवादी शब्द भन्दै जाँदा ‘कन्फ्युजन’ बढ्यो ।  नयाँ शक्तिको रूपमै उदय भएको अनुभूति दिलाउन पार्टीको नामै नेसपा (नयाँ शक्ति) भनी राख्नुको कारण यो हो । 

यसको मतलव हामी एक्लै पर्याप्त छौँ भन्ने होइन । त्यसकारण व्यवस्थाको रक्षाका निम्ति कांग्रेस, एमाले, माओवादी यी सबै शक्तिहरू एक ठाउँमा उभिनुपर्छ । किनभने जटिल भू–राजनीतिसहितका कारणहरू छन्, जसका लागि यी शक्ति एकठाउँ उभिनुपर्छ ।

विश्वमा पछिल्लो समय चरम दक्षिणपन्थी र चरम अनुदारवादी शक्तिहरूको उदय भइराखेको छ ।  यस्तो बेलामा समावेसीतासहितको संघीय लोकतान्त्रिक गणतन्त्र छ यो उन्नत प्रकारको लोकतन्त्रको स्वरूप हो ।  यो व्यवस्थाको रक्षा र संस्थागत गर्दासम्म हामी एक ठाउँ हौं । तर, यसलाई अझ उन्नत तरिकाले लागू गर्ने विषयमा प्रतिस्पर्धा चाहिँ वैकल्पिक शक्तिहरू पनि जाउँ । 

–वैकल्पिक शक्तिहरूलाई एकठाउँ ल्याउने प्रयास गर्नुभएको छैन ? 

हाल कुराकानी भइराखेको छ । जेठ ३० गते हाम्रो पार्टी स्थापना दिवसका अवसरमा हामीले नयाँ उदय भएका पार्टीहरूलाई अगाडि ल्यायौँ र निरन्तर कुरानी भइराख्छ ।  मेरो आफ्नो बुझाईंमा कांग्रेस एउटा उदारवादी जगमा उभिएको पार्टी भएको हुनाले त्यसको एउटा आधार छ, त्यो भोलि पनि वैचारिक रूपमा रहन्छ । 

अर्को नेपालको सन्दर्भमा कम्युनिष्ट विद्रोही शक्तिको रूपमा पहिले एमाले र पछि माओवादी जसरी उदय भयो, त्यसको पनि केही आधार त छ । 

तर अब अलग–अलग कम्युनिष्टका थुप्रै समूह केही समयपछि रहँदैनन् । एउटा समूह हुन्छ तर, कम्युनिष्ट पार्टी नै चाहिँ केही समय रहे पनि परम्परागत कम्युनिष्ट पार्टी रहिरहँदैनन् । 

देशलाई नेतृत्व गर्ने लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समाजवादी शक्ति नै हुन्छ ।  नेपालको भू–राजनीति र सामाजिक आर्थिक रूपमा सुहाँउदो हुन्छ । यी तीनवटा शक्तिको उदय र प्रतिस्पर्धाले सायद लोकतन्त्रलाई अगाडिसम्म लैजाला भन्ने मलाई लाग्छ ।

–परिर्वनपछि मानिसहरूको अपेक्षा आर्थिक सामाजिक रूपान्तरण र प्रगतिको हुन्छ । तर, हाम्रोमा चाहिँ हरेक परिवर्तनपछि मूल्यवृद्धि चरम भएका छन् । यसबाट के बुझ्ुने, हाम्रो परिवर्तनले बिचौलिया र दलालसँग आत्मसमर्पण गर्छ ? 

हाम्रो अर्थतन्त्रको रूपान्तरणका मूलभूत समस्या पहिचान नभएर यस्तो भएको हो ।  म एउटा राजनीतिक अर्थशास्त्रमा रुचि राख्ने भएको व्यक्ति हुनाले संसद्मा छँदा पनि, अर्थमन्त्री हुँदा पनि केही दिशाबोध गर्ने प्रयास गरेको हुँ । 

त्यो भनेको के हो भने हाम्रो अर्थतन्त्र कृषिमा आधारित छ । झण्डै ६० प्रतिशत जनसंख्या परम्परागत कृषिमै आश्रित छ ।  ठूलो परिमाणमा खेती गर्न पनि जमिन खण्डित अवस्थामा छ । तराईका केही भागबाहेक ९० प्रतिशत भू–भाग ठूलो परिमाणमा कृषियोग्य छैनन् । 

परम्परागत निर्वाहमुखी कृषिले त मान्छेको आकांक्षा पूर्ति हुन सक्दैनन् । 

त्यसले गर्दा ठूलो जनशक्ति उद्योगतर्फ स्थानान्तरण हुनुपर्थ्यो, त्यो हुन सकेन । त्यो हुन नसक्नुका पछाडि भारतसँगको खुला सीमा पनि कारण हो ।  भारतको अर्थतन्त्र ठूलो छ । बजार अर्थतन्त्र खुला सीमाना भएपछि तपाईंले रोक्न सक्नुहुन्न । 

उसँग प्रतिस्पर्धा गर्न हाम्रो उद्योगको क्षमता छैन । त्यसले गर्दा उद्योगहरू विकास हुन सकेका छैनन् । जुन सुगौली सन्धिदेखि नै निरन्तर छ । त्यसैले यो व्यवस्थापन गर्नुपर्छ भन्ने मेरो धारणा हो ।  कृषिको आधुनिकीकरण गर्ने र जनसंख्याको केही हिस्सा आधुनिक किसिमका कृषिमा लगाउने । 

अर्को हिस्सा पर्यटनलगायतका क्षेत्रमा लगाउने । त्यसपछि उद्योगहरूकै विकास गरेर ठूलो मात्रामा सेवा–सुविधा विकास नगरेसम्म त रोजगारी दिन सकिँदैन । 

भारतसँको खुला सीमानाको व्यवस्थापन नगरेसम्म र उसको ठूलो अर्थतन्त्रको सेपबाट नेपाली अर्थतन्त्रलाई रक्षा नगरेसम्म नेपालको अर्थतन्त्र विकास हुँदैन भन्ने मेरो बुझाई हो ।  तर, हाम्रा अर्थशास्त्रीहरूको ध्यान पटक्कै ध्यान गएन । 

त्यसले तपाईंले भनेजस्तो महँगीलाई सहयोग पुग्ने भयो ।  कृषिमा पनि ठूलो उत्पादन भएपछि उतैको सस्तो पर्छ र आफ्नो उत्पादनले प्रतिस्पर्धा गर्न सकेन ।  औद्योगिक उत्पादन पनि ठूलो उद्योगमा उत्पादन भउको बस्तु सानो उद्योगको उन्पादित बस्तुभन्दा सस्तो हुनेभयो । त्यो प्रतिस्पर्धी क्षमता नहुनाका कारणले गर्दा हाम्रो आयातमुखी अर्थतन्त्र बन्यो । 

रोजगारी नभएपछि श्रम–निर्यात गर्ने वस्तु आयात गर्ने अर्थतन्त्रको संघारमा हामी पर्यौ ।  राज्य पनि आफ्नो उद्योगधन्दाको विकास नभएपछि कर असुली पनि हुने भएन ।  राज्यको ढुकुटी करबाट बन्ने हो । हाम्रो आन्तरिक उत्पादन त छैन । कर केमा लागिरहेको छ, आयातमा । बस्तु आयातमा छुट दिइने भयो ।  स्रोत अपुग भएपछि त्यसैमा तानातान हुने नै भयो ।  बिचौलियाहरू र राजनीतिक दलका मान्छेहरूले भ्रष्टाचार गर्ने भए । त्यसैको दुस्चक्रमा देश पर्‍यो । 

–तर, हाम्रो अर्थतन्त्र त आन्दोलन अघि पनि त्यही रूपमा चलेको हो, आन्दोलन र परिवर्तन पछि पनि । परिवर्तन पछि किन हुन्छ अस्वाभाविक मूल्यवृद्धि ?

हाम्रो स्थानीय आर्जन नभएपछि विदेशमा श्रम गरेर रेमिट्यान्स आउँछ, त्यसलाई पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने ठाउँ त छैन । 

अनि त्यो घर–घडेरीमा लाग्ने भयो । विनाउत्पादनको क्षेत्र घर घडेरीको पैसा भनेको आज लाख लगानी गर्नुहुन्छ, अर्को वर्ष ५–१० लाख रुपैयाँ हुन्छ । त्यो ‘स्प्याकुलेसन’ तिर जान्छ । विना उत्पादन मूल्य लिने भयो । यस्तो अर्थतन्त्र त धूर्त अर्थतन्त्र भयो । यसकै दुस्चक्रमा फसेको अर्थतन्त्रमा आयात गरेको बस्तु उपभोग गर्ने भएपछि त स्वतः महँगो हुने भयो ।

यसको सार के हो भने आन्तरिक रूपमा हाम्रो कृषिप्रधान अर्थतन्त्रलाई उद्योग अर्थतन्त्रतिर रूपान्तरण गर्नुपर्छ । 

उद्योगकोे संरक्षणका निम्ति भारतसँग सम्बन्ध व्यवस्थित गर्नुपर्छ भनी मैले ईपिजीमार्फत सन् १९५० को सन्धि र सीमाको पुनसंचरना गरौँ भनी चिच्याएको चिच्याएकै छु । कसैले बुझिराखेको छैन । 

–हाम्रोमा व्यवस्था पटक–पटक व्यवस्था त परिवर्तन भयो । तर, हाम्रो समाजको चरित्र फेरिएन । मानिसहरूमा अरुको हकमा विधिअनुसार हुनुपर्छ मेरो हकमा सम्भव सबै गर्नुपर्छ भन्ने मान्यता कायम रह्यो । अरुको हकमा विधिअनुसार अवसर सजाय हुनुपर्र्ने बहसमा भाग लिने आफूलाई पर्‍यो भने सामान्य सुविधामा शक्ति लगाउँछ, परिआउँदा घुस खुवाउँछ । यस्तो चरित्रमा सुधार गर्ने कसरी ? 

मान्छे भनेको पनि पशु जगतबाटै उदय विकास हुँदै आएको प्राणी हो । यो एउटा ऐतिहासिक कारण पनि हो ।  व्यवहारिक रूपले समाज र राज्य व्यवस्थाको परिवर्तन पनि एकैपटक नभएर क्रमशः हुँदै जान्छ । लोकतन्त्र पनि त्यस्तै हो । अरु देशका लोकतन्त्र सय, दुईसय वर्षका भए हाम्रो लोकतन्त्र त ३० वर्षको पनि भएको छैन । अझ गणतन्त्र त १५–१६ वर्षको हुँदैछ । 

त्यसले गर्दा राजनीतिक परिवर्तन, त्यसपछि आर्थिक सामाजिक परिवर्तन त्यसपछि मात्र सांस्कृतिक परिवर्तनको चरण आउँछ ।  परिवर्तन चक्रको चरण हो, यो । हाम्रोमा त राजनीतिक परिवर्तन भएको छ, आर्थिक सामाजिक आड पाएको छैन । संस्कार विकसित हुन त समय लाग्छ । त्यो संस्कृति बन्न त अझ धेरै समय लाग्छ । 

अलिकति पढेलेखेका हुनाले बोल्न जान्ने भयौँ । आदर्शपूर्वक भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने भयौँ, त्यसअनुरूप बाँच्न जीवनस्तर छैन ।  यस्तोमा कतैबाट अपारदर्शी ढंगले आउँछ भने लिइहालौँ भन्नेमा मान्छे गइहाल्छ । 
संस्कारका रूपमा हामीमा अगाडि एउटा कुरा, पछाडि अर्कै कुरा गर्ने प्रवृत्ति छ । त्यसकारण यो संक्रमणकालीन समाजको अभिव्यक्ति हो ।

यसो भन्दैमा निराशा बाँड्न भएन । अगुवा मान्छेहरू (जो पाँच देखि १० प्रतिशत मात्रै छन्) उसले ‘मोडल’ बनेर देखाउनुपर्‍यो । आमजनताको स्तर त एकैपटक उठाउँछु भनेर हुँदैन । अमेरिकी चुनावमा पनि देखिहालियो नि । 
दुईसय वर्षको लोकतन्त्रको हालत देखियो नि ! एउटा महिलालाई राष्ट्रपति स्वीकार गर्न सकेका छैनन् । 

हामीकहाँ अगुवा मान्छे दूरद्रस्टा, निस्र्वार्थी, नैतिकवान बन्न सकेनन् । त्यसकालको नेतृत्व छैन । यसका लागि हामीले अरुलाई अर्ती–उपदेश दिने होइन आफू उदाहरण बन्नेगरी काम गर्नुपर्छ भन्ने लाग्छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  ०९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro