site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विद्युत्‌मा दश वर्षमा ६५ खर्ब लगानी गर्ने महत्वाकांक्षी मार्गचित्र

काठमाडौं । सरकारले उच्च महत्वकांक्षी लक्ष्य राख्दै विद्युत् विकास मार्गचित्र तयार परेको छ । मार्गचित्रमा सन् २०२५ मै स्वदेशी विद्यु्त् माग चार हजार ९१७ पुग्ने उल्लेख छ ।  दश वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको मार्गचित्रका अधिकांश तथ्यांक जल तथा ऊर्जा आयोगले सन् २०१५ मा प्रक्षेपण गरेको तथ्यांकलाई आधार मानिएको छ ।

देशको बजेट घाटा निरन्तर बढ्दो र कर्मचारीलाई समेत तलब खुवाउन ऋण लिइरहेको स्थिति छ । तर, सरकारले १० वर्षमा करिब ६५ खर्बको लगानी गर्ने महत्वकांक्षी लक्ष्य लिएको छ ।

उक्त लक्ष्य पूर्ति गर्न ४६ अर्ब ५ करोड अमेरिकी डलर लागत अनुमान मार्गचित्रमा उल्लेख गरिएको छ । दश वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्न सरकारबाट ६ अर्ब, आन्तरिक स्रोतबाट १० अर्ब, नेपाल विद्युत् प्राधिकरणबाट ८ अर्ब क्लाइमेट फण्डिङबाट २ अर्ब, गैर आवासीय नेपाली तथा रोजगारीमा रहेकामार्फत १२ अर्ब तथा वैदेशिक लगानी, अनुदान तथा ऋणबाट ८.५ अर्ब अमेरिकी डलर जुटाउने योजना अघि सारेको छ ।

सञ्चालनमा रहेकाबाहेक २६ हजार मेगावाटका लागि लागत ५० अर्ब अमेरिकी डलर लाग्ने उल्लेख छ । जसमा भारतीय लगानीबाट ७ अर्ब ७ करोड डलर र बाँकी ४२.३ अर्ब डलर निजी क्षेत्र, नेपाल सरकार र विद्युत् प्राधिकरण तथा अन्य निकायबाट गरिने उल्लेख छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का बजार सुनिश्चित भइसकेको २८ हजार ५ सयको लक्ष्य ठूलो नरहेको दाबी गर्छन् । बुधबार विद्युत् नियमन आयोगको एक कार्यक्रममा बोल्दै खड्काले विद्युत् उत्पादन २८ हजार ५ सय मेगावाट पुर्‍याउने सरकारको लक्ष्य वैज्ञानिक भएको दाबी गरे । उनले भारतसँग विद्युत निर्यातका लागि सम्झौता मात्र नगरिएको उल्लेख गर्दै विद्युत निर्यात समेत भइरहेको जिकिर गरे ।

विद्युत् प्रसारणका लागि ११ हजार ७ सय सर्किट किलोमिटर प्रसारण लाइन आवश्यक रहेको र ३३ हजार एमभीए क्षमताको सब–स्टेसन निर्माणका लागि कुल ७ अर्ब ४ करोड अमेरिकी डलर आवश्यक रहेको मार्गचित्रमा उल्लेख छ । प्रसारण लाइन निर्माणका लागि १.८ अर्ब डलर व्यवस्थापन भइसकेका कारण ५ अर्ब ६ करोड डलर आवश्यक रहेको उल्लेख छ ।

त्यसअतिरिक्त विद्युत् खपतका लागि घरायसी, औद्योगिक, व्यापारिक, कृषि, तथा यातायात क्षेत्रमा भइरहेको परम्परागत ऊर्जा उपभोगलाई विद्युतीय ऊर्जामा प्रतिस्थापन गर्ने लक्ष्य लिइएको छ । उपभोक्तालाई अधिकतम विद्युत् खपत गर्न प्रोत्साहन गर्ने लक्ष्यमा उल्लेख छ ।

२०३५ सम्ममा भारतमा १० हजार मेगावाट, चीन र बंगलादेशमा गरी ५ हजार मेगावाट विद्युत् निर्यातको लक्ष्य लिइएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार, पुस २४ गतेको उच्च माग १८३० मेगावाट छ । तर, सरकारले सन् २०२५ मै ६०० मेगावाट निर्यातसहित ५५१७ मेगावाट बिजुली माग हुने मार्गचित्रमा उल्लेख गरेको छ । यसवर्ष माग ५५६१ मेगावाट हुने मार्गचित्रमा उल्लेख छ ।

नेपालको राष्ट्रिय प्रसारण लाइनको कुल क्षमता करिब ३४ सय मेगावाट पुगेको छ । अन्तिम चरणमा पुगेका आयोजनाहरु हेर्दा पनि सन् २०२५ को अन्त्यसम्म ४ हजार मेगावाटको हाराहारीमा मात्रै हुने देखिन्छ ।  सन् २०२६ मा आन्तरिक माग ५५८५ पुग्ने र निर्यात ८०० मेगावाट गरी ६३८५ मेगावाट बिजुली उत्पादनको लक्ष्य लिइएको छ । यसवर्ष ६४६८ मेगावाट उत्पादनको लक्ष्य लिइएको छ । 

सन् २०२७ मा आन्तरिक माग ६२५३ मेगावाट, निर्यात एक हजार मेगावाट गरी कुल माग ७२५३ मेगावाट हुने उल्लेख छ । उक्त वर्ष ७४१७ मेगावाट उत्पादन हुने उल्लेख गरिएको छ । 

२०२८ आन्तरिक माग ६९२१ मेगावाट, दुई हजार मेगावाट निर्यात गरी कुल माग ८९२१ मेगावाट हुने उल्लेख छ । यसवर्ष उत्पादन ९०८३ मेगावाटको लक्ष्य राखेको छ । २०२९ मा आन्तरिक माग ७५८८, निर्यात चार हजार गरी कुल माग ११ हजार ५८८ मेगावाट हुने उल्लेख छ । यसवर्ष ११ हजार ७९७ मेगावाट उत्पादन हुने मार्गचित्रमा उल्लेख छ । 

२०३० मा आन्तरिक माग ८२५६ मेगावाट, निर्यात ५५ सय मेगावाट गरी कुल १३ हजार ७५६ मेगावाट हुने उल्लेख छ । उक्त वर्ष १४ हजार ३१ मेगावाट उत्पादनको लक्ष्य लिइएको छ ।  २०३१ मा आन्तरिक माग ९२९९, निर्यात, सात हजार मेगावाट गरी कुल १६ हजार २९९ मेगावाट खपत हुने उल्लेख छ ।  उक्त वर्ष १६ हजार ७८७ मेगावाट उत्पादन हुने उल्लेख गरिएको छ । 

२०३२ मा १० हजार ३४१ मेगावाट आन्तरिक माग र ८५ सय मेगावाट निर्यात गरी कुल १८ हजार ८४१ मेगावाट खपत हुने उल्लेख गरिएको छ । उक्त वर्ष २० हजार ५४० मेगावाट उत्पादनको लक्ष्य लिइएको छ । 

२०३३ मा आन्तरिक माग ११ हजार ३८३ मेगावाट, निर्यात ११ हजार मेगावाट गरी कुल २२ हजार ३८३ मेगावाट खपत हुने उल्लेख गरिएको छ । यसवर्ष २४ हजार १४८ मेगावाट उत्पादनको लक्ष्य छ । २०३४ मा आन्तरिक माग १२ हजार ४२५ मेगावाट, निर्यात १२ हजार मेगावाट गरी कुल २४ हजार ४२५ मेगावाटको खपत लक्ष्य छ । उक्त वर्ष २६ हजार २३३ मेगावाट उत्पादन हुने उल्लेख छ । 

२०३५ मा आन्तरिक माग १३ हजार ४६८ मेगावाट, निर्यात १५ हजार मेगावाट गरी कुल २८ हजार ४६८ मेगावाट खपत हुने उल्लेख गरिएको छ । यसवर्ष २८ हजार ७१३ मेगावाट उत्पादन हुने मार्गचित्रमा उल्लेख गरिएको छ ।

२८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको लागि नदी प्रवाही (आरओआर) का लागि प्रतिमेगावाट १६ लाख अमेरिकी डलर (करिब २२ करोड १० लाख) रुपैयाँ अनुमानित लागत उल्लेख छ ।  यस्तै अर्धजलाशययुक्त (पीआरओआर) आयोजनाका लागि १८ लाख अमेरिकी डलर, जलाशययुक्त (स्टोरेज) आयोजनाका लागि २७ लाख अमेरिकी डलर अनुमानित लागत रहने उल्लेख गरिएको छ । 

आयोजना निर्माणको अवधि औसत आरओआरका लागि ४ वर्ष, पीआरओआरलाई ६ वर्ष र स्टोरजका लागि ७ वर्ष लाग्ने उल्लेख गरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro