काठमाडौं । तिब्बतको दिङ्गीमा केन्द्रबिन्दु गएर भूकम्पको धक्काले नेपालका अधिकांश भूभागमा धक्का महसुस भएको छ । बिहान गएको भूकम्पको धक्काले काठमाडौंसहित क्षेत्र हल्लाएको थियो ।
भूकम्पको केन्द्र पूर्वीतर्फ रहेकाले नेपालसहित, भारत, भुटान, बंगलादेश र चीनमा पनि धक्का महसुस गरिएको सञ्चारमाध्यमले जनाएका छन् ।
पूर्वी नेपालमा पनि बढी धक्का महसुस गरिएको स्थानीय समाचारदाताले जनाएका छन् ।
भूकम्प बिहान ६ बजेर ५० मिनेट जाँदा गएको थियो । काठमाडौंमा भूकम्पको धक्का महसुस भएपछि स्थानीय त्रसित हुँदै सडकमा निस्किएका थिए ।
भूकम्पविद् मुकुन्द भट्टराईले दिएको जानकारीअनुसार भूकम्पको केन्द्र सगरमाथा क्षेत्रबाट करिब ९० किमि उत्तरमा देखिएको छ । उनका अनुसार काठमाडौैंबाट करिब २८० किमि पूर्वोत्तर क्षेत्रमा पर्छ ।