site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिड्नीमा ‘उडान भरिरहेका’ सन्जीव

अष्ट्रेलिया । सन् १९९६ को अगष्टमा उच्च अध्ययनका क्रममा आईटी पढ्न अस्ट्रेलिया आएका सन्जीव शर्मा यतिबेला शैक्षिक व्यवसायमार्फत् मुलुकको पहिचान उजिल्याउने अभियानमा लागि परेका छन् । 

सन् २००३ मा प्रारम्भ भएको एक्सपर्ट एजुकेशन सन् २०२४ सम्म आइपुग्दा निकै उचाइमा पुगिसकेको छ ।  सिड्नीको संघर्षका दिनहरुबाट सिकेर शैक्षिक व्यवसायमा होमिएका यी युवाले अहिले १४ वटा देशमा ४० बढी उपशाखाहरुमा विस्तार गर्न सफल भैसकेका छन् । 

एक्सपर्टमा सन्जीवसँगै अर्का युवा व्यवसायी बद्री अर्यालले साथ दिइरहेका छन् ।  एउटा कोठावाट प्रारम्भ भएको एक्सर्पट एजुकेशन यिनै परिश्रमी हातहरुको मेहनतले शैक्षिक उद्योग र नेपालको जलस्रोतमा पनि आफ्नो हात र साथ अगाडि बढाइरहेको छ । 

Dabur Nepal
NIC Asia

पछिल्लो वैदेशिक लगानी सम्मेलनमा एक्सपर्टकै तर्फबाट नेपालको रारा क्षेत्रमा पाँचतारे होटल निर्माणको घोषणा गरेर यो टोली अगाडि बढिसेकेको छ ।  शैक्षिक परामर्शसँगै अस्ट्रेलियाको शैक्षिक उद्योगमा पनि एक्सपर्टले आफ्नो क्षेत्र विस्तार गरेको छ । 

नेपालको पश्चिमी सहर दाङ घोराही थातथलो भएका धर्मराज शर्मा र शिवा शर्माको जेठा छोरा सन्जीव कलिलै उमेरमा उच्च अध्यनका लागि अस्ट्रेलिया हानिएका थिए । 

“एउटा नेपालीले अर्को नेपालीलाई भेट्दा आफन्त भेटेको जस्तो माया प्रेम साटिन्थ्यो, त्यति बेलाको बलियो चिज भनेको जति नेपाली थियौं सबैबीच चिनाजान र भाइचारा कायम थियो, करिब २८ वर्ष अघिको सम्झना गर्दै सन्जीव भन्छन् । त्यतिबेला नेपालीपन र मनलाई जोड्न नेप्लीज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज)मार्फत् दसैँ तिहार र तिज कार्यक्रम गरेर सामूहिक पर्व मनाउथ्यौं ।”

उनले सुरुवाती दिनमा केही असजिलो भएको बताए ।

“कालो कपाल भएको मान्छे देख्न गाह्रो हुने समय थियो, सञ्चारको कुनै प्रविधि थिएन । मुलुकसँग जोडिन पब्लिक बुथमा गएर फोन गर्नुपर्थ्यो । काम खोज्न डोर टु डोर जानुपर्थ्यो । चाडबाड त परै जाओस् भेटघाट पनि कठिन हुन्थ्यो,” उनले सुरुवाती दिनको अनुभव पोखे ।

एक्सर्ट फाउन्डेसन र नवाजमार्फत् सामाजिक क्षेत्रमा लागिपरेका सन्जीवले एनआरएनको आईसीसी सदस्यसम्म रहेर सामाजिक क्षेत्रमा आफ्नो दायित्व पूरा गरेका थिए ।  तर अहिले अस्ट्रेलियाभर हुने सामाजिक क्रियाकलापमा आफ्नो व्यावसायिक घराना एक्सपर्टको भूमिकामार्फत् सहभागिता जनाउँदै आएका छन् ।

लगानी र व्यवसायिक साझेदारीको गाँठो लामो समयसम्म कस्न कठिन हुन्छ । तर भनाइ र गराइहरुकाबीच एक्सपर्ट र सन्जीव र बद्रीको जोडीले अस्ट्रेलियामा आफ्नो व्यावसायिक साझेदारीलाई झन्डै दुई दशक भन्दा बढीको यात्रा तय गरेका मात्रै छैनन्, सफलताको उचाइमा उडान नै भरेर उदारहण समेत कोरेका छन् । 

अस्ट्रेलियाको शैक्षिक परामर्श क्षेत्रमा अलग र फरह पहिचान बनाएको एक्सपर्टको मुख्य कार्यालय सिड्नी भए पनि यसले भारत, चीन, नेपाल, बंगलादेश, हङकङ, मंगोलिया, श्रीलंका, म्यानमार, भियतनाम र अफ्रिकालगायतका देशहरुमा आफ्नो शाखाहरु सञ्चालनमा ल्याएको छ । 

जुन नेपाली शैक्षिक परामर्श क्षेत्रकै एउटा महत्वपूर्ण अध्यायका रुपमा रहेको छ । व्यवसायलाई स्तरीयताको कसीमा उजिल्याउन यो जोडीले निकै मेहनत र परिश्रम खर्र्चिएको देखिन्छ । सन्जीव र बद्रीको जोडीलाई अस्ट्रेलियाको व्यवसायिक घरानामा राम लक्ष्मणको जोडीका रुपमा पनि हेरिन्छ ।

हजारौँ युवाहरुको भविष्यसँग जोडिएको यो पेशामा इमानदारीतानै सबैभन्दा ठुलो औजार भएको शर्मा बताउँछन् ।

“हामीले पनि एउटा अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा अस्ट्रेलियामा संघर्षको तिता मिठा अनुभवहरु बोक्दै गर्दा सेवाभावका रुपमा रहेको यो शैक्षिक परामर्श पेशालाई विश्वासिलोरुपमा अगाडि बढाउने निधो गरेका थियौँ,” उनले भने, “उनीहरुको पनि सफलताको बाटो कोरिने र हाम्रो पनि व्यवस्थापन हुने सोचका साथ प्रारम्भ गरेको एक्सपर्ट आजको दिनसम्म आइपुग्दा एउटा शैक्षिक परामर्शको अन्तर्राष्ट्रिय ब्रान्ड बन्न सफल भएको छ, त्यसमा हामीले गर्व गरेका छौं,” सन्जीवले भने ।

सम्भावनाका खोजीमा परदेशिएकाले भोगेको संघर्ष र साचेका अनुभवलाई संगालेर यस पेशालाई रोजेको उनी बताउँछन् । शैक्षिक परामर्श पेशा गर्विलो र सम्मानित पेशा पनि हो तर यसका कमि कमजोरी पनि छन् । 

वाणिज्यदूतको भूमिकामा पनि शर्मा 

व्यवसायको उचाइसँगै सामाजिक सदभावमा पनि उत्तिकै सक्रिय छन् शर्मा । उनी अस्ट्रेलियाको न्यु साउथवेल्स राज्यका वाणिज्य दूत पनि हुन् ।  केहीमहिना अघिमात्र नेपाल सरकारले शर्मालाई यस क्षेत्रको वाणिज्यदूत नियुक्त गरेको हो । 

करिब एक लाख नेपाली बसोबास गर्ने यसक्षेत्र अस्ट्रेलियाको महत्वपुर्ण पर्यटकीय नगरीका रुपमा परिचित पनि छ ।  सिड्नी र यस वरपरका क्षेत्र समेटिएको एनएसडब्लु राज्य क्षेत्रफलको हिसाबले पनि ठूलो र सहभागिताको सवालमा पनि महत्वपूर्ण मानिन्छ । 

दुई देशको सम्बन्ध र वाणिज्य विस्तारमा वाणिज्यदूतको हिसाबले केही नयाँ काम गर्न आफू लागिपरेको उनको टिप्पणी छ ।

“यहाँ रहेका नेपाली विद्यार्थीलगायतका नेपालीजनको आवश्यक सेवा र सुविधा प्रदान गर्नु वाणिज्यदूतको पहिलो प्राथमिकता हो,” उनले भने, “अर्को दुई देशबीचको सम्बन्ध विस्तार र प्रगाढ गर्नु दोस्रो महत्वपूर्ण पाटो हो,” उनी भन्छन् ।

अधिकारको सीमितताले पनि कतिपय गर्छु भन्ने कार्य पनि गर्न नसकेको उनको छोटो अनुभव छ । यहाँ रहेका नेपाली मुलका अस्ट्रेलियनहरुको पहिलो पुस्तालाई नेपालसँग जोड्ने अभियानमा भने सन्जीव लागिपरेको बताउछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  ०९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro