site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छिटो धेरै पैसा कमाउने उद्देश्यले कम्बोडिया, थाइल्यान्ड नआउनोस् : नेपाली दूतावास 

काठमाडौं । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले छिटो धेरै पैसा कमाउने उद्देश्यले कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्ड नआउन आग्रह गरेको छ । आकर्षक तलबको प्रलोभन देखाई ठूलो संख्यामा नेपालीलाई ती देशमा लगेर मानव तस्करले अप्ठ्यारोमा पारेपछि दूतावासले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।

“नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो धेरै पैसा कमाउने हेतु कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा अनुरोध गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

दूतावासले म्यानमारको मेवाडीबाट उद्धार गरी ल्याइएकी एक नेपाली महिलालाई मंगलबारै नेपाल फर्काएको छ । म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याइएका पाँच नेपालीमध्ये चार पुरुषलाई यही डिसेम्बर १७ मा नेपाल फर्काइएको दूतावासले जनाएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro