site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनपीएल खेलेर फर्किएलगत्तै न्युजिल्यान्डका ब्याटर गप्टिलले लिए सन्न्यास

काठमाडौं । न्युजिल्यान्डका अनुभवी ब्याटर मार्टिन गप्टिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको लिएका छन् ।

३८ वर्षीय गप्टिलले केही समयअघि मात्र नेपालमा आयोजित नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सको प्रतिनिधित्व गरेका थिए । 

न्युजिल्यान्डका ओपनर ब्याटर गप्टिलले १९८ एकदिवसीय, १२२ ट्वान्टी–२० र ४७ अन्तर्राष्ट्रिय टेस्ट क्रिकेट खेलेका छन् । क्रिकेटका तीनवटै संरचनामा गप्टिलले २३ अन्तर्राष्ट्रिय शतक बनाएका छन् ।

गप्टिलले सन् २००९ मा न्युजिल्यान्डको टिमबाट ‘डेब्यु’ गरेका थिए । त्यसयता उनले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीन हजार ५३१ रन बनाएका छन् । उनी ट्वान्टी–२० क्रिकेटमा न्युजिल्यान्डबाट सर्वाधिक रन बनाउने ब्याटरसमेत हुन् । यस्तै, उनले एकदिवसीय क्रिकेटमा सात हजार ३४६ रन बनाएका छन् ।

“एक युवा हुँदा सधैँ मेरो सपना न्युजिल्यान्डबाट खेल्ने थियो । मेरो देशबाट ३६७ अन्तर्राष्ट्रिय खेल खेल्न पाउँदा आफूलाई निकै भाग्यमानी र गौरवान्वित महसुस गरेको छु,” सन्न्यासको घोषणा गर्दै गप्टिलले भने ।

गप्टिल आईसीसी एकदिवसीय विश्वकपमा दोहोरो शतक बनाउने दोस्रो ब्याटरसमेत हुन् । उनले सन् २०१५ को एकदिवसीय विश्वकपमा वेस्ट इन्डिजविरुद्ध अविजित २३७ रन बनाएका थिए । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार ३८५ चौका र ३८३ छक्का प्रहार गरेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro