site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
नेपालको राजनीतिमा गठबन्धन संस्कृति    

मुलुक चार दलीय गठबन्धनबाट शासित छ । सांसद प्रतिनिधि झन्डै दुईतिहाइ रहेको नेकपा (नेकपा)को विभाजनपछि वर्तमान गठबन्धन बनेको हो । पहिले बनेको पाँच दलीय गठजोडबाट राष्ट्रिय जनमोर्चा (राजमो)बाहिरिएपछि संयुक्त सरकार चार दलमा सीमित छ ।

गठबन्धनको भविष्यप्रति स्थायी धारणा बनाउन सकिँदैन । संयुक्त गाँठो कुनै न कुनै दिन जस्तोसुकै कारणले पनि फुस्किन सक्छ । एउटा पोयो राजपा फुस्किसकेको छ । तर, नेपालको मिश्रित चुनावी प्रणलीका कारण अपवादबाहेक आगामी दिनमा पनि यो वा त्यो प्रकारको गठजोड भने अनिवार्यजस्तै देखिन्छ । अर्थात्, शासकीय सत्ताको लागि दलहरुबीच संयुक्त सहकार्य अपरिहार्यजस्तै बनेको छ ।

चुनावी स्वार्थले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आपसी विलयमा बनेको नेकपाले ल्याएको अत्यधिक मत पनि अपवाद नै थियो । कुनै दलले बहुमत पाउने सम्भावना जिउँदै रहे पनि निर्वाचन तरिकाले दिने परिणाम प्रायः गठबन्धन सरकार बन्नेतिर जाने बढी सम्भावना छ ।  

KFC Island Ad
Dabur Nepal
NIC Asia

कुनै ठूला दलबीच गठजोड वा सम्मिलन भएमा अथवा कुनै एउटा दलप्रति अत्यधिक जनसमर्थन उर्लिएमा नेकपाको भन्दा पनि बढी मत पाउने सम्भावना पनि नकार्न सकिँदैन । तर, यो स्थिति त्यति सहज कल्पनाभित्र पर्दैन । 

यस कारण चुनावी प्रणलीीले प्रायः माग्ने गठजोड सहकार्य र सरकारको संस्कृति बसाल्न नेपालको राजनीतिमा प्रभावकारी  दलहरुले सकारात्मक पहल गर्नैपर्छ । यो संवैधानिक बाध्यताजस्तै छ र संविधान यिनै दलका जनप्रतिनिधिले बनाएका हुन् । 

Royal Enfield Island Ad

गठबन्धन नेकपा एकता भंगसँगै बनेको वर्तमान सरकार दलीय अस्तित्वसहित बनाइएको गठबन्धन हो । गठबन्धन बनाइँदा दिइएको कारण र उद्घोषको परीक्षण हुँदैरहे पनि सम्मिलित सहकार्यलाई गठजोडले संस्कृतिकै आधार दिनसके आयामिक योग हुनेछ । यसअघि पनि  गठबन्धन सरकार बनाइएका थिए । त्यतिबेला चाहिँ चुनावी प्रणाली अलि भिन्न थियो र संवैधानिक बाध्यताजस्तो पनि थिएन । 

दलीय गठबन्धन संवेदनशील हुन्छ नै । दलहरुको अस्तित्व निहित सैद्धान्तिक र व्यावहारिक मान्यताबीच निरन्तर सन्तुलन र सहिष्णुताको खाँचो हुन्छ । मान्यताबीच सन्तुलन भत्कने वा उर्बौलो व्यवहारले गठबन्धनमा चिरा पर्नसक्छ । त्यसमाथि लोकतन्त्र र कम्युनिस्ट सर्वसत्तावादी मान्यताबीच बनेको गठजोड सहजै धरापमा रहन्छ नै । 

यस्तै परिदृश्य अमेरिकी आर्थिक विकास अनुदान (मिलेनियम च्यालेन्ज कर्पोरेसन, (एमसीसी) को सहयोग लिने वा नलिने फजुल बहसले गठबन्धन धरापमा परेको थियो । फजुल बहस यस कारण कि राष्ट्रिय हितको लागि यो अनुदान स्वीकृति समर्थन सदनबाट लिनैपर्ने थियो र स्वीकृत पनि भयो । 

सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) भित्रको द्वन्द्वले यसको नेतृत्व एमसीसीविरुद्ध पुगेको थियो । राष्ट्रिय जनमोर्चा यही कारणले गठबन्धनबाट बाहिरियोे भने जनता समाजवादी पार्टी पनि दुईधारमा विभक्त देखियो । 

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसी पारित गरिनुपर्र्नेमा दृढ देखिए पनि पार्टी अध्यक्ष उपेन्द्र यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्णय पर्खिँदै अन्यमनस्क मौन समय बिताए । फलस्वरूप, गठबन्धित जसपा ( नयाँ शक्ति पार्टी र संघीय समाजवादी पार्टी सम्मिलित) पनि फुटकै संघारमा पुग्यो । 

यस मामलामा अध्यक्ष महन्थ ठाकुर नेतृत्वको  लोकतान्त्रिक समाजवादी पार्टी निर्णायक समय अलिअघि नै एमसीसी अनुदान स्वीकृत गर्नेमा खुलेरै आयो । राप्रपा र सदन बाहिरका अन्य साना कम्युनिस्ट पार्टीहरुको अघोषित स्वार्थ गठबन्धन एमसीसी सहयोगविरुद्ध सक्रिय रह्यो । 

वर्तमान गठबन्धन आश्रित माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी अनुदान पारित गर्ने प्रस्तावविरुद्ध पछि हट्थेनन् भने गठबन्धन टुट्ने थियो । त्यसपछि यिनको राजनीतिक भविष्यको बारेमा अनुमान नगरौँ तर यो गठजोड चुँडेर अर्को गठबन्धन बन्ने चाहिँ निश्चितै थियो । 

त्यस अवस्थामा सरकारको नेतृत्वमा रहेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बीच अर्को गठबन्धन बन्ने पक्का थियो । अरु एक रातमात्रै अनिर्णित बित्थ्यो भने पनि एमाले र कांग्रेसबीच पाँच सूत्रीय लिखित सहमतिमा गठबन्धन सरकार बन्ने करिब निश्चित थियो । त्यसपछि एमसीसी सहयोग स्वीकृत पनि हुन्थ्यो र अहिलेको राजनीतिक परिदृश्य अर्कै देखिने थियो । 

राष्ट्रिय हितमा एमसीसी विकास परियोजना सहयोग लिनुपर्ने मान्यतामा सुरुदेखि नै नेपाली कांग्रेस एकताबद्ध र दृढ रह्यो । अन्य दल भ्रमदायक प्रचारको लहैलहैमा अन्तद्र्वन्द्वमा जाकिनुका साथै अन्तिमतिर त अमेरिकाविरुद्ध नै खनिने मनःस्थितिमा देखिए । जेहोस्, यथार्थ स्वीकार गर्न गठबन्धनका दुई दल तयार भए, जोगिए । कम्युनिस्ट द्वन्द्ववादको निरन्तरताप्रति गहिरो विमर्श आवश्यक छ ।    

हिंस्रक नारा र भ्रामक अर्तीले प्रशिक्षित अतिवादी कम्युनिस्ट कार्यकर्ताको मूढाग्रहमा नेपालका कम्युनिस्ट दल खासगरी तिनका नेता द्वैधचरित्रका वा अवसरवादी हुन बाध्य छन् । लोकप्रियतावादी सम्मोहनले निर्देशित नेताहरुको क्षीण नैतिक सिद्धान्त निःसृत व्यवहार उर्बौलो कम्युनिस्ट उत्पादक उद्योग हुने नै भयो । 

उग्र उद्योगबाट जोगिनु गठबन्धन संस्कारको लागि सबैभन्दा सहज मार्ग हो । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवाको रणनीतिक कौशल एमसीसी सहयोगको औचित्य पुष्टि र संसद्बाट स्वीकृत गर्न सफल भयो । वैचारिक मान्यताका आधारमा ३६ जस्तो गठबन्धन पनि जोगियो । 

अब एमसीसी सहयोग भाषण गर्ने मेलो र विषयमात्रै बनाइनुको औचित्य छैन । सहयोग कार्यान्वयनलाई तीव्र गति दिनु र निश्चित समयमा योजना सम्पन्न गर्नु सरकारको दायित्व हो । प्रतिपक्षी दल एवं नागरिक तहले पनि यही काममा सहकार्य गर्ने र सुखद प्रतिफल नेपाली जनतासम्म पुर्याउने उद्देश्य लिने हो । यो राष्ट्रिय दायित्व पूरा हुने भाषणले होइन परिणामको उत्पादनले जवाफ दिने हो । 

गठबन्धनको भविष्य र संस्कार बसाउन आवश्यक मिलन केन्द्र के हो ? केन्द्रीय मिलनबिन्दु राजनीतिक तत्त्व हुनुपर्छ । नेपालको सन्दर्भमा संसदीय लोकतान्त्रिक बहुदलीय प्रणाली नै राजनीतिक मिलनविन्दु हो । र यही जननिर्मित वर्तमान संविधानको निर्देशसमेत हो । 

विकास, प्रगति र आर्थिक योजनाको आआफ्नो दलीय दृष्टिकोण भए पनि राजनीतिक एकताको आधार उदार लोकतन्त्रलाई नै बनाइनुपर्छ । लोकतन्त्र समावेशी पनि छ र सबै अटाउने लचिलो पनि हुन्छ । त्यसैले अब पनि कम्युनिस्टहरु  लोकतन्त्रप्रति नै द्वेष पालेर बसिरहनु सामयिक हुँदैैन । यो सत्य आत्मबोध गर्दा नै गठबन्धन संस्कार बन्नसक्ने र विकास कार्यले निर्वाध गति पाउनेछ । 

दैनन्दिन राजकीय कार्य सम्पादनसमेत वर्तमान गठबन्धनको बाँकी मूल काम स्थानीय तहको घोषित निर्वाचन सम्पन्न गर्ने हो ।

यसपछि प्रदेश र संघीय प्रतिनिधि सभाको निर्वाचनसमेत गर्नुपर्नेछ । लोकतन्त्रात्मक बहुलवादी राजनीतिक यथार्थ र सिर्जित दायित्वप्रति आबद्ध संवेदना बचाइएन भने कुनै पनि क्षण यो गठबन्धन भत्किन पुग्छ । 

त्यतिबेला अहिले गठबन्धनमा आश्रित दलले सुनौलो अवसर त गुमाउने नै छन् वा सहकार्यको संस्कार बनाउने मौका पनि चुकाउने छन् । दलीय गठबन्धन सरकार र संस्कृति निर्माणको भविष्य पनि यस्तै सामयिक सन्तुलनले निर्धारण गर्ने गर्छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  ०८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro