site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रहरीले बुझायो रवि र छविविरुद्धको अनुसन्धान प्रतिवेदन

काठमाडौं । कास्की प्रहरीले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

सोमबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त शर्माले जानकारी दिए । लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशीसमेत पक्राउ परेका थिए ।

Dabur Nepal
NIC Asia

उनीहरूमाथि प्रहरीले संगठित अपराध, सम्मत्ति शुद्धीकरण र सहकारी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान गरेको थियो ।

जोशी असोज ६ गते र लामिछाने कार्तिक २ गते पक्राउ परेका थिए । पक्राउ परेको ८५ दिनमा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो । अब सरकारी वकिल कार्यालयले माग दाबीसहित अदालतमा मुद्दा दर्ता गर्ने छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro