site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्राचीन स्मारक ऐन विपरीत किन राखियो काष्ठमण्डपमा गोरखनाथ र गणेशको नयाँ मूर्ति ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । हाल पुननिर्माणको अन्तिम चरणमा रहेको काष्ठमण्डपमा प्राचीन मूर्ति गैरकानुनी रुपमा परिवर्तन गरी नयाँ मूर्ति राखिएका छन् । युगौँदेखि पूजा गर्दै आएका मूर्ति अहिले परिवर्तन गरी नयाँ मूर्ति राख्दा मूर्तिप्रति आस्था घटेको भन्दै पूजा गर्न नजाने स्थानीयको अडान छ  ।
 
२०२६ सालदेखि गुरु गोरखनाथको पूजा गर्दै आएकी स्थानीय अञ्जली मास्केले युगौँदेखि पूजा गर्दै आएको मूर्ति अँध्यारो कोठामा राखेर नक्कली मूर्ति स्थापना गरेको बताइन् । ‘‘पहिलेदेखि नै पूजा गर्दै आएको गुरु गोरखनाथको मूर्तिप्रति हाम्रो आस्था र भावना जोडिएको छ । नयाँ नक्कली मूर्तिलाई हामीले के आस्था र भावनाका आधार पूजा गर्ने ? पूरानो आस्था बोकेको मूर्तिलाई किन अँध्यारो कोठामा थन्काइयो,” उनले भनिन् ।
 
‘‘हामीले आस्थाप्रति प्रेम गर्ने हो । अब मूर्ति नै रहेन भने कुन आस्थाले नयाँ मूर्तिमाथि प्रेमभाव देखाउने ? युगौँदेखि पूजा गरेर राखेको मूर्ति परिवर्तन गर्न मिल्दैन,” उनले भनिन्, ‘‘पुननिर्माण समितिले टुटेफुटेको मूर्तिको पूजा गर्न हुँदैन भनेर नयाँ मूर्ति राखेछ । टुटेफुटेका मूर्ति मर्मत सम्भार गरेर नराख्ने हो भने पशुपतिनाथमा औंला भाँचिएको मूर्तिको पूजा हुन्छ । बुुढानिलकण्ठमा भाँचिएको टुटेको मूर्तिको पूजा हुन्छ ।”
 
काष्ठमण्डपमा नयाँ मूर्ति राखिएपछि सम्पदा संरक्षणकर्मीहरुले पुरानै मूर्ति स्थापित गरिनुपर्ने भन्दै राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अन्तर्राष्ट्रिय सम्बन्ध समिति र पुरातत्त्व विभागलाई ज्ञापनपत्र बुझाएका छन् ।
 
सम्पदा संरक्षणकर्मी तथा अधिवक्ता सञ्जय अधिकारी यसरी नयाँ मूर्ति फेर्न नमिल्ने बताउँछन् । ‘‘स्वच्छाचारी तरिकाले मूर्ति परिवर्तन गरी नयाँ मूर्ति स्थापित गरिएको छ । पुननिर्माण समितिलाई सम्बन्धित निकायलाई मूर्ति परिवर्तन गर्न अनुमति दिएको छैन । अनुमति नदिइ समितिले गरेको काम स्वच्छाचारी भयो । विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदालाई यसरी गैरकानुनी ढंगबाट परिवर्तन गर्न पाइँदैन । हामीले युनेस्कोलाई पनि पत्र लेखेर पठाएका छौँ । यहाँ पुरानै मूर्तिलाई मर्मत सम्भार गरेर स्थापना गरिनुपर्छ,” उनले भने ।
 
उनका अनुसार विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदामा स्वच्छाचारी ढंगले मूर्ति परिवर्तन गर्दा विश्व सम्पदाको अस्तित्व संकटमा पर्छ  । समितिले गोरखनाथलगायत चार गणेशको नयाँ मूर्ति परिवर्तन गरेको सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठले जानकारी दिए । 

‘‘सदियौँदेखि आस्था र भावनासँग जोडिएका मूर्ति परिवर्तन गरिएको छ । पुराना मूर्ति अध्याँरा कोठामा र नयाँ मूर्ति स्थापित गर्दा काष्ठमण्डप पुननिर्माण अधुरोजस्तो लागेको छ,” उनले भने । गणपतिलालका अनुसार धार्मिक आस्था बोकेको मूर्ति टटेफुटे पनि मर्मत सम्भार गरेर राख्नुपर्छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दफा १२ (ग)ले कुनै पुरातात्विक वस्तुलाई नष्ट गरेमा, भत्काएमा, विरुप पारेमा, चोरी गरेमा वा अनधिकृत रूपमा हटाएमा वा परिवर्तन गरेमा वा कुनै किसिमले हानी नोक्सानी गरेमा त्यस्तो पुरातात्विक वस्तुको बिगो बमोजिमको रकम असुल उपर गरी पाँच हजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म जरिवाना वा पाँचवर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
 
काष्ठमण्डप पुननिर्माण समितिले भने भाँचिएर दुई टुक्रा भएको मूर्तिलाई पूजा गर्न नहुने मान्यतामा टेकेर नयाँ मूर्ति स्थापित गरेको जनाएको छ । काष्ठमण्डप पुनरनिर्माण समितिका संयोजक तथा वाग्मती प्रदेश सांसद राजेश शाक्यले दुई टुक्रा भएको मूर्तिलाई पूजा गर्न हुँदैन भन्ने मान्यतामा टेकेर मूर्ति परिवर्तन गरेको जानकारी दिए ।
 
‘‘गुरु गोरखनाथ मन्दिरका पुजारीसँगको सल्लाहमा नयाँ मूर्ति स्थापित गरेका छौँ । टुटेफुटेका मूर्तिलाई पूजा गर्दा धार्मिक आस्था घटेर जान्छ । पुरानो मूर्ति हनुमानढोका दरबार क्षेत्र हेरचाह अड्डामा राखेका छौँ । मूर्ति पूर्ण रुपमा दुई टुक्रा भइसकेको छ । टुक्रिएको मूर्ति संग्रहालयमा राख्न भने सकिनेछ,” उनले भने ।
 
समितिको यस मान्यतालाई पुरातत्त्व विभाग र हनुमान ढोका दरबार हेरचाह अड्डाले अनुमति नदिइ मूर्ति परिवर्तन गर्न नहुने अधिवक्ता अधिकारीको भनाइ छ ।
 
ऐनको दफा ३ (घ) मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिले महत्त्वपूर्ण मानिएका प्राचीन स्मारक स्थल तथा पुरातात्विक स्थलको संरक्षण पुरातत्त्व विभागले गर्ने उल्येख छ । ऐन २०१३ को दफा ३ (ख) बमोजिम सार्वजनिक प्राचीन स्मारकको स्वामित्व पुरातत्त्व विभागलाई हुने व्यवस्था छ । सार्वजनिक प्राचिन स्मारकको संरक्षण मर्मत तथा जिर्णोद्धार पुरातत्त्व विभागले गर्न पाउने व्यवस्था छ । 

साथै अनधिकृत रुपमा मूर्ति परिवर्तन गर्दा नेपालको संविधानले सुनिश्चित गरेको धारा २६ र धारा ३२ समेत प्रतिकूल हुने व्यवस्था छ । तर, समितिले आफ्नै अधिनमा पूरानो मूर्ति राखेको छ । समितिले मूर्ति फेरेको कुरालाई अभिलेखमा राखिने जनाएको छ ।
 
पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले टुटेफुटेका मूर्तिलाई पुनः प्रयोग गर्ने तान्त्रिक विधि नभएको जानकारी दिए । उनले टुटेफुटेका मूर्तिको अवस्था कस्तो छ भनेर आधिकारिक रुपमा छलफल गरेर निर्णय गर्नुपर्ने बताए । ‘‘नीतिगत र सैद्धान्तिक कुराहरुको आधारमा मात्रै काम अगाडि बढाउनुपर्ने हुन्छ । हनुमानढोका दरबार क्षेत्र हेरचाह अड्डाले त्यहाँको सम्पदाको अवस्थाबारे अभिलेख राख्ने गरेको छ,” उनले भने ।
 
हनुमानढोका दरबार हेरचाह अड्डाले मूर्ति परिवर्तन गर्नेबारे समितिलाई स्वीकृति नदिएको जनाएको छ । अड्डाद्वारा जारी विज्ञप्तिमा निर्माणका क्रममा गोरखनाथ र काष्ठमण्डपको चार कुनामा रहने गणेशका मूर्तिहरु परिवर्तन गर्ने विषयमा स्वीकृति नदिएको उल्लेख छ ।  

Royal Enfield Island Ad


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro