site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अनि मन्त्री श्रेष्ठले यातायात मजदुरका नेतालाई हप्काए...
Ghorahi CementGhorahi Cement

काठमाडौं । सार्वजनिक यातायातसम्बद्ध मजदुरले सोमबार काठमाडौंका गोंगबु, माछापोखरीलगायत स्थानका सडकमा गाडी तेर्स्याए । ट्राफिक नियमविरुद्ध गरिएको विरोध प्रदर्शनले केही बेरमै उग्ररूप लियो ।

प्रहरीले प्रदर्शनकारीलाई तितरवितर गर्ने प्रयास गर्‍यो । तर, आन्दोलन नियन्त्रणमा लिन सकेन । प्रहरी र मजदुरबीच झडप भयो । परिस्थिति प्रहरीको नियन्त्रणबाहिर गयो ।

बालाजुको अस्थायी प्रहरी बिटसहित दुई गाडी र ट्राफिक कोनमा आगजनी तथा तोडफोड गरियो । त्यसपछि एक हुल प्रदर्शनकारीले नयाँ बसपार्क सञ्चालन गर्दै आएको ल्होत्से बहुउद्देश्यीय प्रालिको भवनमा तोडफोड र लुटपाट गर्‍यो ।

Agni Group

प्रदर्शनकारीले सडकमा सर्वसाधारण यात्रुलाई हात उठाएर हिँड्न लगाए । यात्रु पैदलै हिँडेर गन्तव्यस्थलसम्म पुग्न बाध्य भए ।

आन्दोलन मत्थर नहुँदै सम्बद्ध मजदुर संगठनहरूले आजदेखि सार्वजनिक सवारी बन्द गर्ने घोषणा गरे । विज्ञप्ति जारी गरे ।

Global Ime bank

त्यसपछि उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज बिहान ८ बजे यातायात मजदुर संगठनका पदाधिकारीलाई वार्तामा बोलाए । बैठकमा मजदुर संगठनका पदाधिकारीले आफूहरूका माग राख्दै सोमबारको घटनाप्रति दुःख व्यक्त गरे ।

सोमबार गरिएको तोडफोड, लुटपाट र आगजनीको घटनाको जिम्मा ल्होत्से बहुउद्देश्यीय प्रालिले लिनुपर्ने भन्दै मजदुर नेताले यातायात व्यवसायीको बचाउ गरे । ल्होत्सेले गुन्डा परिचालन गरेर आगजनी र तोडफोड गरिएको मजदुरको जिकिर छ । घटनाबारे निष्पक्ष छानबिन गरी कडा कारबाही गर्न उनीहरूले माग गरेका छन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले ल्होत्से प्रालि र नयाँ बसपार्कबारे महानगरले छानबिन गर्ने बताए ।

यातायात व्यवसायी, प्रहरी, ट्राफिक र महानगरका प्रतिनिधिको भनाइ सकिएपछि मन्त्री श्रेष्ठ फरक रूपमा प्रस्ततु भए । आन्दोलनका नाममा हिंसा भड्काउने काम भएको भन्दै उनले मजदुरका नेतालाई हप्काए ।

“मैले हिजो यस्तो हुन्छ भनेर सोचेकै थिइनँ । तपाईंहरू बन्द, हड्ताल, तोडफोड र आजगनी गर्ने भए मैले किन नेतृत्व लिनु । तपाईंहरूको नेतृत्व म होइन ? अनि,” मन्त्री श्रेष्ठले भने ।

पटक–पटक छानबिन समिति गठन भई प्रक्रियामा गइसकेकाले आन्दोलन गर्न जरुरी नै नरहेको मन्त्री श्रेष्ठको भनाइ थियो ।

उनले तत्काल आन्दोलन फिर्ता लिई सार्वजनिक यातायात सञ्चालन गर्न दबाब दिए । सर्वसाधारण नागरिकलाई सहजीकरण गरेर मात्र वार्ताको निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए ।

त्यसपछि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघसहित सार्वजनिक यातायात नेपाल महासंघ र सार्वजनिक यातायात व्यवसायी राष्ट्रिय महासंघ नेपालका पदाधिकारीले आन्दोलन फिर्ताको घोषणा गरे । लिखित सहमति गरियो ।

आगजनी र तोडफोडका दोषीलाई कारबाही गर्नुपर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिसँगको सम्झौता खारेज गर्नुपर्ने, निलम्बनमा परेका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) फिर्ता गर्नुपर्ने, ट्राफिक जरिवाना घटाउने र प्रदर्शनका क्रममा पक्राउ परेका मजदुरलाई विनासर्त छोड्नुपर्ने मागमा सहमति गरिएको छ । व्यवसायीले फागुन ३ गते (भोलि)देखि गर्ने भनिएका सबै किसिमका आन्दोलनका कार्यक्रम पनि स्थगित गरेका छन् ।

ल्होत्से प्रालिले भने सार्वजनिक यातायातका मजदुरले नै तोडफोड गरी आठ करोड रुपैयाँभन्दा बढीको मोबाइल लुटिएको दाबी गरेको छ । यसको क्षतिपूर्ति सरकारले दिनुपर्ने ल्होत्सेको माग छ ।

मन्त्रालयले सार्वजनिक यातायात व्यवसायीका माग पूरा गर्न विभिन्न समिति गठन गरेर काम गरिरहेको जनाएको छ । मजदुरले यसअघि बुझाएको १० बुँदे मागबारे मन्त्रालयले समिति नै गठन गरेर छानबिन गरिरहेको जनाइएको छ ।

मन्त्री श्रेष्ठले सोमबारको झडपका क्रममा पक्राउ परेका मजदुरलाई छोड्न पनि मौखिक निर्देशन दिइसकेका छन् । सोमबारकै घटनाको विषयलाई लिएर बालाजु प्रहरी वृत्तका डीएसपी रविन विष्टको जिम्मेवारी समेत खोसिएको छ ।

ल्होत्से र बसपार्कको समस्याबारे काठमाडौं महानगरपालिकाले छानबिन गरी प्रतिवेदन बुझाउनेछ ।

निलम्बनमा परेका सवारी चालकका विषयमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागले फुकुवाको प्रक्रिया अघि बढाउनेछन् ।

ट्राफिक डीआईजी मीरा चौधरीले आफूहरूले स्पष्ट रूपमा कानुनको परिपालना गरेरै जरिवाना गर्ने गरेको बताइन् । “अत्यधिक सवारी दुर्घटना चालकले हुने गरेको छ । मादकपदार्थ सेवन गर्ने, जथाभावी सवारी हाँक्ने कारणले नै दुर्घटना बढ्दै गएको छ । ट्राफिकबाट कुनै त्रुटि भएको छैन ।” 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १४:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC