site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शव जलाएर २ करोड ३८ लाख रुपैयाँ कोषमा संकलन
Sarbottam CementSarbottam Cement

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले आर्यघाटबाट २ करोड ३८ लाख रुपैयाँ संकलन गरेको छ । विद्युतीय शव दाह गृह र आर्यघाटमा रहेका चितामा शव व्यवस्थापनबापत गत आर्थिक वर्षमा कोषले २ करोड ३८ लाख ४९ हजार रुपैयाँ संकलन गरेको हो । यद्यपि यो लक्ष्यभन्दा १ करोड ४४ लाख २१ हजार कम हो ।

कोषका कोषाध्यक्ष मिलन थापाका अनुसार घाटतर्फ ३ करोड ८३ लाख १५ हजार रुपैयाँ रकम संकलन गर्ने लक्ष्य रहेकामा २ करोड ३८ लाख ४९ हजार रुपैयाँ मात्रै संकलन भएको थियो । लक्ष्यभन्दा कम आम्दानी हुनेका कारण घाटतर्फ शव कम आउनु र विद्युतीय शवदाह गृहमा कोभिड-१९ संक्रमणबाट मृत्यु भएका शव र अलपत्र परेका शव निःशुल्क जलाउनु रहेको थापाले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“कोभिड-१९ कारण सवारीसाधन नचल्दा जहाँ मृत्यु भएको हो त्यहीं शव व्यवस्थापन हुनु र गम्भीर प्रकृतिका बिरामीलाई उपचारका लागि काठमाडौं ल्याउन नसक्नु हो,” थापाले भने, “यसबाहेक अरु कारण पनि रहेको हुनसक्ने कुराहरु आइरहेका छन् । यो खोजीको विषय हो ।”

कोषले विद्युतीय शवदाह गृहमा चार हजार र आर्यघाटको २ नम्बर चितामा शव जलाएको ५ हजार तथा साधारण चितामा शव व्यवस्थापन गरेको १८ सय रुपैयाँ लिने गरेको छ । 

Global Ime bank

थापाका अनुसार हाल कोषले औसतमा दैनिक कोभिडका १० शव विद्युतीय शवदाह गृहमा व्यवस्थापन गर्दै आएको छ । हाल आर्यघाटमा औसत ३० वटा शव अन्तिम संस्कारका लागि ल्याइने गरेको कोषले जनाएको छ । 

पशुपति क्षेत्र विकास कोषको आम्दानी साढे ३० करोड घट्यो

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC