site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रशिक्षक देसाई भन्छन्– वेस्ट इन्डिजसँगको शृंखलाबाट नेपालले राम्रो गर्छ
तस्बिर : क्यान ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाईले विश्व क्रिकेटमा ठूलो इतिहास बोकेको वेस्ट इन्डिज क्रिकेटसँगको शृंखलाबाट नेपालले राम्रो तयारी गर्ने बताएका छन् ।

शनिबार हुन लागेको शृंखलाअघि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक देसाईले यस शृंखलाबाट खेलाडीमा आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

ब्याटिङ युनिट आशाभन्दा कम देखिए पनि दीपेन्द्रसिंह ऐरीको एकै ओभरमा ६ छक्कालगायत केही सकारात्मक पक्ष ओमानबाट आएको प्रशिक्षक देसाई बताउँछन् ।

उनले त्रिवि मैदानमा आफ्नो टिमले केही सुधार गर्ने धारणा राखे ।

Global Ime bank

वेस्ट इन्डिज ‘ए’का प्रशिक्षक फ्लोयड रेइफरले शृंखलामा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गर्दै एसोसियट राष्ट्रलाई सहयोग गर्ने उद्देश्यले पनि नेपाल आएको धारणा व्यक्त गरे । उनले नेपालमा पनि प्रतिभावान खेलाडी रहेको उल्लेख गर्दै यो शृंखला राम्रो रहने आशा व्यक्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  २०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय