खेल
काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले खराब नतिजालाई बिर्सेर वेस्ट इन्डिज ‘ए’ सँगको टवान्टी–२० शृंखलामा ध्यान केन्द्रित गरेको बताएका छन् ।
नेपालले शनिबारदेखि घरेलु मैदानमा वेस्ट इन्डिजसँग पाँच खेलको शृंखला खेल्दै छ । एसीसी प्रिमियर कपमा खराब प्रदर्शनपछि नेपालले यो शृंखला खेल्न लागेको हो ।
शुक्रबार शृंखलाअघिको पत्रकार सम्मेलनमा कप्तान पौडेलले प्रिमियर कपबाट सबै खेलाडी निराश रहे पनि त्यसलाई भुलेर भविष्यतर्फ केन्द्रित रहेको बताए ।
पौडेलले ओमानमा नेपालका लागि सुखद नरहे पनि यस शृंखलाबाट राम्रो तयारी गर्ने आशा व्यक्त गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१ १९:४२
प्रतिक्रिया दिनुहोस्