site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले ६ लाख १८ हजार रुपैयाँ अनियमितता गरेको ठहर गर्दै अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा सोलुखुम्बुस्थित नापी कार्यालयका तत्कालीन अमिन टंकप्रसाद निरौला, खुम्बु पासाङल्हामु गाउँपालिका–१ का बुद्धमाया थापामगर र उनको नाति रामकृष्ण थापामगर, फुर गोल्जे शेर्पा, डिम याङजी शेर्पा, ल्हाक्पा दिकी शेर्पा, पेम्बा शेर्पा, ल्हाक्पा गेल्जेन शेर्पा, शर्मिला राई र स्वं मिङमा ल्हमू शेर्पा रहेका छन् । 

साविक जुभिङ गाविस–५ को सरकारी जग्गा नक्कली श्रेष्ता खडा गरी व्यक्तिको नाममा दर्ता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान हुँदा उनीहरूले सरकारी जग्गा व्यक्ति नाममा गरी ६ लाख १८ हजार रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारले जनाएको छ । शुक्रबार दायर गरिएको मुद्दामा उनीहरूसँग ६ लाख १८ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro