site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
क्यान्सर गराउने तत्व भेटिएपछि हङकङ र सिंगापुरद्वारा भारतीय मसला बिक्रीमा रोक
Sarbottam CementSarbottam Cement

काठमाडौं । क्यान्सर गराउने (कार्सिनोजेन) तत्व भेटिएपछि हङकङ र सिंगापुरमा तीन वटा भारतीय ‘करी मसला’ बिक्रीमा रोक लगाइएको छ । भारतमा उत्पादन भइ ती देशमा प्रयोग भइरहेका एभरेष्ट फिस करी मसला, तथा एमडीएच ब्रान्डका साम्बर मसला र मद्रास करी पाउडरलाई बिक्रीमा रोक लगइएको हो । १८ र १९ अप्रिलमा प्रेस विज्ञप्ति जारी गर्दै दुई देशले यसबारे जानकारी गराएका छन् ।

२०२५ सेप्टेम्बरसम्म उपभोग्य म्याद रहेको एभरेष्ट फिस करी मसलामा अधिक मात्रामा इथाइलिन अक्साइड भेटिएको सिंगापुर फुड एजेन्सीले जनाएको छ । आयतकर्ता कम्पनीलाई सो मसला तत्काल बजारबाट फिर्ता ल्याउन र आफ्ना नागरिकमा पनि खरिद तथा प्रयोग नगर्न एजेन्सीले अपिल गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यदि विषाक्त मसला प्रयोग गरिसकेको भए तत्काल चिकित्सकको परामर्श लिन एजेन्सीले आग्रह गरेको छ । यस्तै, एमडीएचका अगष्ट र नोभेम्बर २०२४ सम्म म्याद रहेका दुईवटा करी मसलामा पनि इथाइलिन अक्साइडको मात्रा देखिएको पुष्टि भएको छ । हङकङको सेन्टर फर फुड सेफ्टी (सीएफएस)ले ती मसला बिक्रीमा रोक लगाएको छ । आफ्ना नागरिकलाई सो मसला प्रयोग नगर्न अपिल गर्दै सीएफएसले आयतकर्ता कम्पनीलाई तत्काल विषाक्त उत्पादनहरू फिर्ता लैजान निर्देशन दिएको छ ।  

अखाद्य तत्व मिसिएका मसलाको प्रयोगका कारण आफ्ना नागरिकमा कुनै स्वास्थ्य जटिलता देखिए उत्पादक कम्पनीले त्यसको जिम्मा लिनुपर्ने सीएफएसको चेतावनी छ । विश्व स्वास्थ्य संगठन अन्तर्गतको इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आइएआरसी)ले एथाइलिन अक्साइडलाई समूह १ को कार्सिनोजेनमा राखेको छ । इथाइलिन अक्साइड कृषिजन्य उत्पादनहरूमा किटनाशक अ‍ैषधिको रूपमा प्रयोग गरिने भए पनि खाद्यन्नमा प्रयोग निषेध छ । 

Global Ime bank

हङकङको खाद्यपदार्थ नियमन ऐनमा कुनै पनि उत्पादनका कारण उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परेको खण्डमा उत्पादकलाई ५० हजार डलर र जरिबाना र ६ महिनासम्म जेल सजाय हुने व्यवस्था छ ।  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय