site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धरौटी बुझाएर छुटे दीपेश पुन 

काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन धरौटी बुझाएर रिहा भएका छन् । 

एक साताअघि रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका पुनलाई रुपन्देही जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको एकल इजलासले चार लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो । तर, धराैटी बुझाउन नसकेपछि उनी पुर्पक्षका लागि जेल चलान भएका थिए ।

शुक्रबार उनले चार लाख धरौटी बुझाएर रिहा भएका रुपन्देही प्रहरीका डीएसपी मनोहर भट्टले जानकारी दिए । 

धरौटी बुझाएर रिहा भएलगत्तै सीआईबीले पक्राउ गर्ने भनिए पनि पुन पक्राउ नपर्ने भएका छन् । ‘मुद्दा दर्ता नभएकाले तत्काल दीपेश पुनलाई पक्राउ गर्दैनौँ,’ सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले भने । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro