site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पशुपति क्षेत्र विकास कोषको आम्दानी साढे ३० करोड घट्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोनाका कारण पशुपति क्षेत्र विकास कोषलाई वार्षिक ३० करोड ५५ लाख रुपैयाँ घाटा लागेको छ । यो अवधिमा मन्दिर बन्द रहँदा घाटा व्यवहोर्नुपरेको कोषले जनाएको छ ।

कोषका कोषाध्यक्ष मिलन थापाका अनुसार पशुपतिनाथ मन्दिरको कोषतर्फ ४६ करोड ५५ लाख एक हजार उठाउने लक्ष्य रहेकामा २५ करोड ७१ लाख ५२ हजार मात्रै उठेको छ । यसबाट कोषतर्फ २० करोड ८३ लाख ४९ हजार घाटा लागेको थापा बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्दिरतर्फ १५ करोड ७ लाख रुपैयाँ उठाउने लक्ष्य रहेकामा ८ करोड २७ लाख ३७ हजार कम ३ करोड ७९ लाख ६३ हजार संकलन भयो । घाटतर्फ ३ करोड ८३ लाख १५ हजार लक्ष्य रहेकामा २ करोड ३८ लाख ४९ हजार रुपैयाँ मात्रै संकलन भयो । घाटातर्फ लक्ष्यभन्दा १ करोड ४४ लाख २१ हजार कम रकम संकलन भएको बताउँदै कोषाध्यक्ष थापाले समग्रमा कोषमा ३४ करोड ९० लाख ९ हजार रुपैयाँ संकलन भएको बताए ।

कोषतर्फ पर्यटक काउन्टरबाट ठूलो रकम संकलन हुन्थ्यो । कोरोनाका कारण पर्यटक काउन्टर बन्द हुँदा यसतर्फको आम्दानी पनि बन्द भयो । “कोरानाका कारण बैंकमा रहेको ब्याजदर घट्दा आम्दानी कम भयो । पसल बहालमा गएन । मन्दिरमा विशेष पूजा हुन्थ्यो त्यहाँबाट पनि रकम संकलन हुन नसक्नु र भक्तजनबाट प्राप्त हुने भेटी तथा चन्दा रोकिँदा घाटा भयो । बाला चतुदर्शी र तिजमा पनि मन्दिर नखुल्दा पनि ठूलो घाटा भयो,” थापा भन्छन् ।

Global Ime bank

कोषका सदस्य-सचिव प्रदीप ढकाल सरकारले निर्णय गर्नेबित्तिकै सामाजिक दूरी कायम गरेर मन्दिर खोलिने बताउँछन् । “सुरुमा त भिड पनि हुँदैन होला । त्यसैले निश्चित समयका लागि खोल्दै जानेछौं,” ढकालले भने, “आन्तरिक तयारी सबै भइसकेको छ । सकारको निर्णय कुरेर मात्रै बसेका छौं ।”

मन्दिरमा नित्य पूजा अहिले पनि नियमित भइरहेको छ । बिहान ८ देखि दिउँसो २ बजेसम्म र साँझ ५ देखि ६ बजेसम्म नित्य पूजा भइरहेको छ । विश्वले नै कोरोनाको संकट सामाना गरिरहेकाले मन्दिरको आम्दानी घट्नु सामान्य भएको भन्दै यसलाई घाटाका रुपमा लिनुभन्दा पनि कोषले असहज परिस्तिथिको उपज भएको ढकालले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !