खेल
![लक्ष्मी बैंक ओपन गल्फ प्रतियोगिता शनिबार](https://12khari.de/uploads/posts/Laxmi-Bank_416904630.gif)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । छैठौं संस्करणको लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता आगामी शनिबार हुने भएको छ । लक्ष्मी बैंकको आयोजनामा छैठौं संस्करणको लक्ष्मी बैंक खुला प्रतियोगिता शनिबार हुने भएको हो ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एक सय बढी खेलाडीले सहभागी हुने जानकारी दिइएको छ । जसमध्ये २५ खेलाडीलाई लक्ष्मी बैंकले आमन्त्रण गर्ने सिईओ अजय बिक्रम शाहले जानकारी दिए । पर्यटनसँगै यस प्रतियोगिताले गल्फ क्षेत्रमा समेत विकास गर्ने सिईओ शाहले बताए ।
गोकर्ण गल्फ कोर्समा हुने प्रतियोगितामा सिनियरसँगै जुनियर खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । लक्ष्मी बैंकले २०१४ बाट गल्फ प्रतियोगिता आयोजना गर्दै आएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६ १५:३६
प्रतिक्रिया दिनुहोस्