![सुरु भयो एम्पुटी फुटबल प्रतियोगिता (तस्बिरहरू)](https://12khari.top/uploads/posts/amputee_football-(15)-1720184822.jpg)
काठमाडौं । ललितपुरको च्यासलमा आजदेखि दुईदिने एम्पुटी फुटबल प्रतियोगिता सुरु भएको छ ।
शनिबार (भोलि)सम्म चल्ने प्रतियोगितामा नेपाल आर्मी, सगरमाथा क्लब, राइजिङ युथ क्लब र पिस युनाइटेड क्लब गरी चार टिम सहभागी छन् ।
सन् २०१८ मा स्थापना भएको एम्पुटी खेल समाज नेपालको व्यवस्थापनमा प्रतियोगिता आयोजना गरिएको हो । समाजले गरेको यो तेस्रो फुटबल प्रतियोगिता हो ।
आज भएको पहिलो खेलमा नेपाल आर्मीले पिस युनाइटेड क्लबलाई ४–० ले हराएको छ ।
आजै भएको दोस्रो खेलमा सगरमाथा क्लब र राइजिङ युथ क्लब २–२ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जसमा सगरमाथा क्लब विजयी भयो ।
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
अब भोलि सगरमाथाले नेपाल आर्मीसँग फाइनल खेल्नेछ ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी