site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मिसन २०२६ टोलीलाई किट्स

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सञ्चालन गरिरहेको मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई शुक्रबार किट्स प्रदान गरेको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पाँच खेलका ५२ खेलाडी र १० प्रशिक्षक गरी ६२ जनालाई केल्मीको ट्रयाक सुट र ब्याग हस्तान्तरण गरे ।

दोस्रो चरणमा थपिएका पाँच खेलका खेलाडी तथा प्रशिक्षकलाई किट्स प्रदान गरिएको हो । गत जेठ ७ गतेदेखि सुरु दोस्रो चरणको विशेष प्रशिक्षणमा महिला कबड्डी र भलिबल, कुस्ती, भारोत्तोलन र एथलेटिक्सलाई विशेष प्रशिक्षणमा समावेश गरिएको थियो । पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, बक्सिङ र जुडोका खेलाडी गत माघ १५ गतेदेखि विशेष प्रशिक्षणमा छन् ।

Dabur Nepal
NIC Asia

सदस्य–सचिव घिसिङले हाल विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकको अनुशासन र प्रगतिलाई मध्यनजर गरेर मात्र आगामी विशेष प्रशिक्षणमा अवसर प्रदान गर्ने बताउँदै खेलाडी र प्रशिक्षकलाई गम्भीर भएर प्रशिक्षण गर्न/गराउन निर्देशन दिए ।

राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले यो आर्थिक वर्षको विशेष प्रशिक्षण असार मसान्तसम्म चल्ने बताउँदै आगामी आर्थिक वर्षमा पनि निरन्तरता पाउने बताए ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  २२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro