site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीले राजीनामा नदिए एमालेले आजै समर्थन फिर्ता लिने 
मंगलबार बसेको एमाले सचिवालय बैठक । फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मार्गप्रशस्त नगरे मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले आज साँझसम्ममा मन्त्री फिर्ताको निर्णय हुने जानकारी दिए । “प्रधानमन्त्रीले मार्गप्रशस्त नगरे हाम्रा मन्त्री फिर्ता गछौँ । साँझसम्म त्यो निर्णय हुन्छ,” उनले भने ।

Agni Group
NIC Asia

मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आजसम्मको समय दिएको थियो । नेपाली कांग्रेससँग सत्तासाझेदारीको सहमति भएपछि एमालेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको हो । माओवादीका नेताहरू प्रधानमन्त्री विश्वासको मतको प्रक्रियामा जाने बताउँछन् ।

एमालेले मन्त्रीहरूको राजीनामासँगै सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्ने तयारी गरेको हो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu