site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
मोदीको साँचो चन्द्रबाबु नायडु र नीतीश कुमारको हातमा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दस वर्षसम्म प्रचण्ड बहुमत ल्याएर शासन गरे । भर्खरै सम्पन्न २०२४ को लोकसभाको चुनावमा चार सयभन्दा बढी सिट जित्ने लक्ष्यका साथ चुनावमा होमिए । 

तर उनको पार्टी भारतीय जनता पार्टीले लोकसभामा सामान्य बहुमत पनि ल्याउन सकेन । यसैले मोदीले ब्यक्तिगत रुपमा चुनाव जिते । तर उनको नेतृत्वमा भएको चुनावमा भारतीय जनता पार्टीले चुनाव हार्यो ।  

प्रधानमन्त्री मोदीकै नेतृत्वमा पार्टी चुनावमा होमिँदा पार्टीलाई बहुमत नदिनुको अर्थ भारतीय मतदाता मोदी र उनको पार्र्टी भारतीय जनता पार्टीसँग असन्तुष्ट रहेको देखाउँछ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

विश्वको सबभन्दा ठूलो लोकतान्त्रिक अभ्यास रहेको भारतमा मोदीले देशका लागि राम्रो काम पनि गरेका थिए । तर पनि जनताले उनको नेतृत्वलाई बहुमत दिन चाहेनन् । लोकतन्त्रको सौन्दर्यता नै जनताको स्वतन्त्रता र विवेकको सम्मान हो । 

जनताको निर्णयलाई मोदीले पनि सहर्ष स्वीकार गरेर लोकतान्त्रिक चरित्र देखाएका छन् । 

Royal Enfield Island Ad

अब पाँच वर्ष भारतीय लोकसभा अर्थात् तल्लो सदनको बनौट नेपालको झैँ त्रिशंकू बनेको छ । एनडिए अलाइन्सले लोकसभामा सामान्य बहुमत ल्याए पनि कतिपय अवस्थामा विधेयकहरू पारित गर्न कठिन हुने अवस्था आउन सक्तछ । 

भारतीय संसदको इतिहासमा तेश्रो पटक लगातार प्रधानमन्त्री पदमा नियुक्त हुनेमा प्रधानमन्त्री मोदी दोश्रो ब्यक्ति भएका छन् । यसअघि पण्डित  जवाहरलाल नेहरू लगातार तेश्रो पटक प्रधानमन्त्री बनेका थिए । 

तेश्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भए पनि मोदीले पहिले भन्दा अत्यन्त कमजोर अवस्थामा पुगेका छन् । भारतीय केन्द्रीय शासनको साँचो चन्द्रबाबु नायडु र नीतीश कुमारकहाँ पुगेको छ ।

मोदीलाई प्रधानमन्त्री बनाउने निर्णय गर्नुअघि नै उनीहरूले मागहरू प्रस्तुत गरिसकेका छन् । भारतीय जनता पार्टीले गृह, सुरक्षा, अर्थ, विकास र रेल तथा परराष्ट्रजस्ता मन्त्रालय अरुलाई दिन चाहेको देखिँदैन भने नीतीशकुमार र चन्द्रबाबु नायडुले पनि तीमध्ये केही महत्वपूर्ण मन्त्रालयहरूमा हिस्सा खोजेका छन् । 

भारतमा नेपालमा जस्तो सत्ताका लागि मरिहत्ते गर्ने परिपाटी नभए पनि मोदीलाई चन्द्रबाबु नायडु र नीतीश कुमार मिलाउँदै शासन गर्ने चुनौती भने थपिएको छ । यस्तो कमजोर अवस्थामा मोदीले पद स्वीकार्न नहुने तर्क पनि आएकै थिए ।

नेपालको प्रधानमन्त्री पुष्पकमल दाहाल जति कमजोर र निरिह छन्, मोदी त्यति कमजोर र निरिह नभए पनि उनीसँग हिजोजत्तिकै शक्ति भने छैन । अब मोदीले महत्वपूर्ण निर्णय गर्नुअगाडि चन्द्रबाबु नायडु र नीतीश कुमारसँग सरसल्लाह गर्नुपर्ने हुन्छ । अब मोदीको सफलताको साँचो चन्द्रबाबु नायडु र नीतीश कुमारको हातमा छ  ।

मोदीले विगत दश वर्षको शासनकालमा भारतलाई विश्वमञ्चमा महत्वपूर्ण शक्तिकेन्द्रको रुपमा स्थापित गर्न सफलता पाए । 

उनले भ्रष्टाचारविरुध्द पनि ठूलै अभियान चलाएका थिए । केही हदसम्म सफलता पनि पाए । नोटमा बन्देज पनि लगाउने साहसिलो काम पनि गरे । देशभित्र ठूला बाटो, रेल, जलबिद्युतलगायतका पूर्वाधार विकासमा फड्को मार्ने काम पनि गरे ।

मान्छेका राम्रा या नराम्रा पाटा हुन्छन् । राजनीतिक हिसाबले मोदी कुनै दूरदर्शी र महान सोचविचार भएका नेता होइनन् । उनले आफ्नै पार्टीका भिष्मपिता सरहका नेता लालकृष्ण आडवाणी र अटलविहारी वाजपेयीलाई पनि उचित मान सम्मान दिन चाहेनन् ।

यस्तो अवस्थामा उनले अरु पार्टीका नेतालाई मान सम्मान गर्ने कुरै भएन । पण्डित जवाहरलाल नेहरू प्रधानमन्त्री हुँदा भर्खरका जवान विपक्षी सदस्य अटलविहारी वाजपेयीले बोल्न लाग्दा नेहरू उनको भाषण मजाले सुन्न गर्थे । नेहरूले अटल विहारी वाजपेयीलाई भावी प्रधानमन्त्री भन्ने पनि गर्थे ।

अरुलाई सम्मान गरे आफ्नो सम्मान र मान बढ्छ भन्ने भनाइ छ । तर, मोदी एक अहंकारी र आत्मप्रशंसामा रमाउने ब्यक्तिका रुपमा उनकै क्रियाकलाप देखाएको थियो । अबको परिस्थितिले उनको साच र ब्यवहारमा पक्कै पनि केही परिवर्तन ल्याउनेछ ।

सनातन हिन्दू धर्म स्वभाविक रुपले उदारवादी र सबैको अस्तित्व स्वीकार्ने धर्मसंस्कृति हो । उनी सनातन हिन्दु धर्म संस्कृतिका कट्टर अनुयायी भएकाले सबैप्रति नरम र उदार देखिनु पथ्र्यो । प्रधानमन्त्रीको हैसियतमा उनले सबै धर्म संस्कृतिका मानिसलाई समान सोच र व्यवहार गर्नु उनको नैतिक र संवैधानिक जिम्मेवारी हो ।

तर उनले आमचुनावअघि अल्पसमुदायका मुस्लिम समुदायमाथि अनेक आरोप लगाएर सार्वजनिक रुपमा भाषण गरे । हिन्दू मतदाताहरूलाई पनि उनको यो सोच र ब्यवहार पाच्य हुन सकेन ।

हिन्दूहरूको बाहुल्यता भएको उत्तर प्रदेश राज्यमा भारतीय जनता पार्टीले यस पटक नराम्रो हार बेहोर्नु पर्यो । भारतीय जनता पार्टीले चुनाव हार्नुमा धेरै कारणमध्ये मोदीमा भएको अहंकारी सोच र अरुलाई घृणा गर्ने विचारका कारण हो भन्ने अर्थ लगाएका छन् । 

भारत उदीयमान अर्थतन्त्र भएको विश्वको ठूलो देशमध्ये एक हो । यति विशाल देशको प्रधानमन्त्रीमा यस्तो अहंकारी सोचविचार र ब्यवहार आउनु भारतीय सभ्यता, लोकतन्त्र र लोकतान्त्रिक संस्कारको हिसाबले पनि उचित देखिँदैन । उनका यस्तै सोच र विचारका कारण अन्तर्राष्ट्रिय मञ्चहरूमा भारतीय लोकतन्त्रको स्तर खस्कन थाल्यो भनेर टिकाटिप्पणी हुन थालेको थियो ।

नेपालका केही नेताहरूले आफूलाई महान र भगवानको अवतार ठाने झैँ मोदीले पनि आफूलाई पछिल्लो समयमा भगवानको विशेष अवतारको रुपमा प्रस्तुत गर्न पुगे । यसको परिणाम जनताले उनलाई साधारण मानव हौँ भन्ने पाठ पढाईदिएका छन् ।

मोदकिो अर्को दोष अरु पार्टीको अस्तित्व स्वीकार्न नसक्नु हो । बहुदलीय राजनीतिमा अरु पार्टीको अस्तित्व अस्वीकार गर्नु भनेको संविधानविपरीतको मार्गमा हिँड्नु हो । यो सोच एक किसिमको निरंकुश शासनको पुनरावृत्ति पनि हो ।

विपक्षी नेता  र आफना विरोधीलालाई जसरी पनि सिध्याउनैपर्छ भन्ने अभियानमा लाग्दा आफ्नै सत्ता गुम्न गयो ।

उनले विगत दश वर्षमा विपक्षी पार्टीका नेता कार्यकर्तामाथि सत्ताको दुरुपयोग गरी अनेक मुद्दा मामिलामा फसाउने काम गरे । लोकतान्त्रिक इतिहास भएको भारतमा संविधान र कानुनभन्दामाथि कोही छैन भन्ने भाव देखाउनुपर्नेमा उनले निरंकुश शैलीमा शासन प्रशासन चलाउँदा भारतीय लोकतन्त्र र स्वतन्त्रताको स्तर खस्कन पुग्यो । त्यसलाई उठाउने काम जनताले गरे । 

अब भारत र नेपालबीच अबको पाँच वर्षमा के कस्तो सम्वन्ध होला भन्ने तर्फ पनि अलिकति चर्चा गर्नु सान्दर्भिक नै होला । भारतको वैदेशिक नीतिमा राजनीतिक नेतृतवको भन्दा प्रशासनको भूमिका बढी हुन्छ ।

भारतमा प्रधानमन्त्री जो बने पनि प्रशासनसँग रायसल्लाह नगरी नेपालमा झैँ हचुवाका आधारमा काम गर्ने चलन छैन । नेपालमा राजनीतिक नेतृत्व धेरै हाबी छ । तर भारतमा हर नीति निर्णय गर्दा प्रणालीले काम गरेको हुन्छ । सामान्य रुपमा हेर्दा नेपाल र भारतबीचको सम्बन्धमा तत्काल कुनै त्यस्तो परिवर्तन हुने देखिँदैन ।

भारतले नेपाललाई सहयोग पनि गरेको छ भने बेलाबखत दुःख पनि दिएकै छ । सीमा विवाद समाधान गर्न भारत त्यति उत्सुक हुँदैन । भारत र नेपालबीच ब्यापार र वाणिज्यसम्बन्धी थुप्रै समस्या छन । तिनलाई पनि आपसी वार्ता र सहमतिबाट टुंगो लगाउनुपर्ने अवस्था छ ।

भारत र नेपालको सम्बन्ध सुधारका लागि बनाइएको दुवै देशका विशेषज्ञहरूको प्रतिवेदन बुझ्न पनि मोदी अझै तयार छैनन् । उनको नेपालप्रतिको दृष्टिकोण कस्तो रहेछ भन्ने कुरा यस्ले पनि स्पष्ट गर्छ । 

मोदी आफैं एक अनुदारवादी नेता हुन् । उनले प्रशासनबाट आएका जयशंकरलाई विदेश मन्त्रीमा नियुक्त गरेपछि उनले नेपालप्रति खासै चासो देखाएनन् । 

यता हाम्रा नेताहरू र हाम्रा कूटनैतिक संयन्त्रहरूले पनि भारतसँग वार्ता गरेर सीमा विवाद र गौतमबुध्द अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सहयोग गर्न भारतसँग वार्ता र सम्झौता गर्न नसक्ता त्यो विमानस्थलमा गरिएको ऋण लगानी खेर जाने अवस्था छ । 

त्यतिमात्रै नभएर बंगलादेश र भूटानसँगबाहेक सार्कका अरु राष्ट्रहरूसँग भारतको सम्बन्ध त्यति सुमधुर बन्न सकेको देखिँदैन । नेपालका लागि त पूर्व विदेश मन्त्रीहरू अटलविहारी वाजपेयी र पीभी नरसिंह रावबाहेक अरु त्यति हितकारी हुन सकेनन् भन्ने चर्चा गर्ने गरिन्छ ।

यति हुँदा हँंदै पनि सकारात्मक सोच राखेर नेपाल अगाडि बढ्दा नै बढी फाइदा हुने देखिन्छ । नेपालले भारत र चीन जस्ता विशाल मुलुकहरूसँग सहकार्य गरेर काम गर्न सके देश जनताको विकास गर्न अझ सहज हुने देखिन्छ ।spj.thapa@gmail.com 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro