site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीले सरकारको नेतृत्व पहिला गर्ने, प्रधानमन्त्रीको राजीनामा आउनेमा कांग्रेस–एमाले विश्वस्त 

काठमाडौं । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनका लागि सहमत भएका छन् । दोस्रो तहका नेताहरुबीच पटक पटक भएको कुराकानीपछि शीर्ष तहमा सहमति जुटेको हो ।

सहमति जुटाउन लागिपरेका एक नेताका अनुसार सहमति भइसकेको छ । 

राति १ बजे बाह्रखरीसँग टेलिफोनमा कुरा गर्दै ती नेताले भने, “हामीबीच सहमति भएको छ । पहिला सरकारको नेतृत्व एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ ।”

उनका अनुसार यो सहमति रातारात भएको चाहिँ होइन । 

“हामी केही दिनदेखि होमवर्कमै थियौँ,” ती नेताले भने ।

उनका अनुसार मंगलबार बिहान नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिनेछन् ।

त्यसपछि कांग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक गरिनेछ ।

प्रधानमन्त्रीले विश्वासको मत लिन्छु भन्नुभयो भने के हुन्छ ? बाह्रखरीको प्रश्नमा ती नेताले भने, “संसद्का दुई ठूला राजनीतिक दलबीच सहमति भइसकेपछि प्रधानमन्त्रीले मैले संसद्मा विश्वासको मत पाउँछु भनेर प्रयास गर्नुहोला र ?”

उनले प्रधानमन्त्रीले करिब दुई तिहाइ देखदेख्दै विश्वासको मत लिन्छु भन्नु मुर्खताबाहेक केही नहुने बताए ।

सहमतिअनुसार दुई दलले आलोपालो सरकारको नेतृत्व गर्नेछन् ।

“हामीबीच अहिले राति नै सहमति भएको छ,” उनले भने, “सहमतिका कुनै पनि बुँदा हामीले अहिले सार्वजनिक गर्दैनौँ ।”

यदि प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिन्छु भन्ने अडान राखेमा कोसी प्रदेशमा भएको नजिरले पनि काम गर्ने ती नेताको तर्क छ ।

“भर्खरै कोसीमा बहुमत सदस्यहरुले बुझाएको हस्ताक्षरलाई सर्वोच्चले मान्यता दिएको छ,” उनको तर्क छ, “त्यही अवस्था पनि हुन सक्छ ।”

उनीहरुबीच संविधान संशोधन गर्ने विषयमा पनि सहमति जुटेको छ। जसमा आयोग बनाएर मस्यौदा तयार गर्ने बताइएको छ ।

कांग्रेस र एमालेबीच भएको सहमतिको प्रारम्भिक खाकाअनुसार समानुपातिक प्रदेशमा हटाउने, संघमा घटाउने, स्थानीय तह घटाएर वडाको संख्या बढाउने, उपराष्ट्रपतिले नै राष्ट्रियसभाको अध्यक्षता गर्ने, निर्वाचन क्षेत्र बढाउने, संवैधानिक निकाय घटाउने र परराष्ट्र नीति बलियो बनाएर जाने विषयमा छलफल भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०१:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro