हिमालहरू प्रकृतिका अमूल्य सम्पदा हुन् । यस क्षेत्रलाई जैविक विविधताको मुख्य क्षेत्र र लगभग आधा घर भनेर पनि चिनिन्छ । यी हिमालहरूले विशेषगरी तल्लो क्षेत्रमा बसोबास गर्ने समुदायलाई ताजा पानी र हावालगायत पारिस्थितिकीय वस्तु र सेवा उपलब्ध गराउॅदै आएका छन् । तर, पहाडहरूले शोषण, क्षय र जलवायु परिवर्तनको ठूलो दबाबको सामना पनि गरिरहेका छन् । जलवायु परिवर्तनका प्रभावहरू तीव्ररूपमा बढीरहँदा नेपालको हिमाली क्षेत्रमा सबैभन्दा धेरै प्रतिकूल वातावरणीय प्रभाव परेको छ ।
हिमनदीहरू पग्लिँदै जानु, हिमालहरूमा हिउँ हराउँदै जानु र अनियमित मौसमको सामना गर्नुपर्ने केही चुनौतीहरू मात्रले पनि कृषि, जलस्रोत, जैविक विविधता तथा हिमाल र नजिकका क्षेत्रका समुदायको जीविकोपार्जनमा गम्भीर जोखिम खडा भएको छ । यसले विश्वव्यापी तापक्रम सन्तुलनमा महत्त्वपूर्ण परिस्थितिकी तन्त्रमा गम्भीर खतरा मिम्त्याउॅछ । यो समस्या पहाडी देशभन्दा बाहिर पनि फैलिएको छ । किनभने हिमालहरूमा जलवायु परिवर्तनको प्रभावले तल्लो र तटीय देशहरूसहित विश्वव्यापीरूपमा दूरगामी प्रभाव पार्न सक्छ । यसको गम्भीरता हेर्दा हिमालले अझै पनि विश्वमञ्चमा उचित मान्यता र प्रतिनिधित्व पाउन नसकेका देखिन्छ ।
यस सन्दर्भमा, नेपाल सरकारले मे २२-२३, २०२४ मा काठमाडौंमा हिमाल, मानिस र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ संवादको आयोजना गरेको थियो । यस कार्यक्रमको उद्देश्य हिमाली क्षेत्रहरूमा जलवायु परिवर्तनको प्रभावहरू पत्ता लगाउने, सम्भावित समाधानहरूको खोजी गर्ने र अनुकूलन एवं लचिलोपनका लागि रणनीतिहरू तय गर्न थप साझेदारीका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय सरोकारवालाको विविध प्रतिनिधित्वलाई सॅगै ल्याउने लक्ष्य राखिएको थियो ।
यस्ता चुनौतीको सामना गर्न युवाको महत्त्वपूर्ण भूमिकालाई मान्यता दिॅदै हिमाल, मानिस र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ संवादमा मलगायत युवा सहभागिताको अवसर मिलेको थियो । यस संवादबाट मैले सिकेको मुख्य सिकाइ हुन् –
• संवादमा जलवायु संकटलाई सम्बोधन गर्न हिमाली क्षेत्रहरूको भूमिका महत्त्वपूर्ण भएकोमा जोड
• हिमाली क्षेत्रहरूमा बढ्दो मौसमी प्रभावहरूलाई अवलोकनबाट प्राप्त ज्ञान, आवधिक जोखिम मूल्यांकन तथा आदिवासी ज्ञानको एकीकरणको माध्यमबाट पहाडी र तटीय बासस्थानहरूको अन्तरसम्बन्ध एवं प्रभावकारी
जलवायु समाधानका लागि आवश्यक सामाजिक-राजनीतिक कारकहरूमा जोड दिई तत्कालै सम्बोधन गर्न जरूरी रहेको निष्कर्ष ।