site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पदाधिकारी र कमिटी अपूरै राख्दै सकियो एकीकृत समाजवादीको महाधिवेशन
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारी र केन्द्रीय सदस्य अपुरै राख्दै महाधिवेशन सकेको छ । 

पाँच दिनसम्म चलेको महाधिवेशनले पुरै पदाधिकारी र केन्द्रीय कमिटी चुन्न सकेन । महाधिवेशनको हलबाट बिहीबार अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत् चयन भए । 

‘सम्मानित नेता’कै स्थानमा दोहोरिए, झलनाथ खनाल । महाधिवेशनबाट २१ पदाधिकारी र २९९ केन्द्रीय सदस्य चुन्नुपर्ने थियो । तर, बाँकी १८ पदाधिकारीसहित केन्द्रीय सदस्य सहमतिमा टुंग्याउने नेताहरूको प्रस्ताव महाधिवेशनको हलले अनुमोदन गरेको थियो । 

Agni Group
NIC Asia

शुक्रबार केन्द्रीय समितिको टुंगो लगाउने नेताहरूको वचन थियो । सचिवालय बैठक शुक्रबार दिउँसोसम्म बस्दा पनि सहमति हुन सकेन । पदाधिकारीबारे मौन बसेरै अध्यक्षमण्डलका अध्यक्ष झलनाथ खनालले ९३ जना केन्द्रीय सदस्यको नाम वाचन गरे । 

९३ जनाको नाम मात्रै पढिएपछि हलमा असन्तुष्टिको स्वर पनि सुनिएको थियो । महाधिवेशन हलमा केही प्रतिनिधिहरूले विधि मिचिएको भन्दै विरोध गरे ।  “विधि मिचेर नाम पढियो । टीका लगाएर बनाइने केन्द्रीय सदस्य मान्य छैन,” एक महाधिवेशन प्रतिनिधिले हलमा भने । अधिकांश प्रतिनिधि सहमतिकै पक्षमा उभिए । 

Global Ime bank

नेताहरूले सर्वसहमतिको नाममा ‘थामथुम’ पार्दै सचिवालय बैठकको निर्णय अनुमोदन गराए ।  बाँकी निर्णयको जिम्मेवारी नवनिर्वाचित केन्द्रीय कमिटीले पाएको छ । बाँकी केन्द्रीय सदस्यहरू १० दिनभित्रै टुंग्याउने नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

निर्वाचित केन्द्रीय सदस्यहरूको पहिलो बैठक शनिबार दिउँसो १ बजे बोलाइएको छ । बैठक पार्टी कार्यालय आलोकनगरमा बस्नेछ । अध्यक्ष नेपालले उपाध्यक्ष, सचिवलगायतका पदमा आकांक्षी धेरै भएकाले कुरा मिल्न नसकेको बताए ।

उपाध्यक्षमा ७ पद भएपनि दोब्बर नेताहरूले आकांक्षा राखेको पनि सुनाए । त्यस्तै सदस्य टुंग्याउन क्लस्टरहरूमा कुरा नमिलेका कारण सबै घोषणा गर्न नसकिएको नेपालको भनाइ थियो । 

“सहमतिमा नाम ल्याउन सकेनौं । २९९ केन्द्रीय सदस्य बनाउनुपर्नेछ । ६–८ सयको दाबी छ । कुनै क्लस्टरले मिलाए होलान् । अधिकांश मिलेन,” अध्यक्ष नेपालले भने, “पार लागेन भने मतदानको प्रक्रियाबाट टुंग्याउने सोचेका थियौं । तर, समस्या देखिए । प्रदेशका जिम्मेवार नेतासँग सोध्यौ, अझै समय लाग्ने पायौं ।”

त्यसैले सहमतिबाट पहिलेको पोलिटब्यूरो, प्रदेशका अध्यक्षहरूलाई मिलाएर ९३ जनाको नाम प्रस्ताव गरिएको सुनाए । बाँकी पदमा टिका  लगाएर मनोनीत नगर्ने भन्दै नव निर्वाचित कमिटीबाट त्यसको टुंगो लगाइने नेपालले जानकारी दिए । 

निर्वाचन कानुन, पार्टीको विधानलाई ध्यानमा राखेर महाधिवेशन टुंग्याइएको उनको भनाइ छ ।

सरकार फेरबदलले राष्ट्रिय राजनीतिमा पार्टीको खोजी भइरहेकाले पनि महाधिवेशन छिट्टै टुंग्याउनुपर्ने बाध्यता रहेको उनले हलमा सुनाए । 

नेपालले भने –अरुले जस्तै विधि अबलम्बन गर्नुपर्‍यो 

पार्टीका पदाधिकारीले भने अध्यक्षमा नेपाल र महासचिवमा भुसालको पद सुनिश्चित गर्न महाधिवेशन गरिएको टिप्पणी गरेका छन् । नेकपा (एमाले)सँग पार्टी विभाजन गरिएको तीन वर्ष नपुग्दै एकीकृत समाजवादीले १० औं महाधिवेशन गरेको हो ।

“अध्यक्षमा नेपाल र महासचिवमा भुसालको पद सुनिश्चित गर्न मात्रै महाधिवेशन भए जस्तो देखियो । केन्द्रीय सदस्य र पदाधिकारी नै नटुंग्याइ सहमतिका नाममा विधि मिचियो,” महाधिवेशन प्रतिनिधिको गुनासो छ ।

अध्यक्ष नेपालले अरु पार्टीको जस्तै आफूहरूले पनि सोही शैली अपनाइएको स्वीकार गरे । भोटिङ गर्दा महाधिवेशन लम्बिने र खर्च बढ्ने भएकाले अधुरै रुपमा महाधिवेशन सक्नुपर्ने बाध्यता अध्यक्ष नेपालले सुनाए ।

“हामीले सोचेजस्तो सबै कुरा हुँदैन । इलेकट्रोनिक भोटिङ मेसिन तयार नगरेका पनि होइनौं । त्यो पनि सजिलो रहेनछ । घण्टौं लाग्दो रहेछ,” उनले भने, ‘‘एक दिन बढ्दा पनि खर्च व्यवस्थापन र थुप्रै समस्याहरू पर्दारहेछन् ।’’ 

अध्यक्ष नेपालले भनेजस्तै २०७८ पुसमा नेकपा (माओवादी केन्द्र), गत जेठमा जनता समाजवादी पार्टी, नेपालकै महाधिवेशन त्यस्तै ढंगबाट सकिएको थियो । तिनले पदाधिकारी र कमिटीहरू अधुरै छाड्दै अधिवेशन सकेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu