site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालबालिकालाई ‘बिखालु माया’ नगरौँ, स्वस्थ खानाको विकल्प जंक फुड होइन

काठमाडौं । खानपान र जीवनशैली परिवर्तनसँगै युवापुस्तामा जंक फुडको प्रयोग अधिक बढेको छ । विशेषगरी छिटो र मिठो हुने भएकाले बालबालिका र व्यस्त जीवनशैली भोगिरहेका युवामा यसको प्रयोग डरलाग्दो रूपमा बढेको जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीको अनुभव छ । 

कतिपय अवस्थामा बालबालिकाले जिद्दी गरेको, बाहिर हिँडेको बेला ताजा खाना उपलब्ध नभएको र विद्यालयमा खाजा पठाउने विकल्प नभएको भन्दै बजारका खानेकुरा दिने गरेको यथार्थ छ । तर, यी बहानामा बढ्दो उमेरका बालबालिकालाई जंक फुड खुवाउनुलाई डा. उप्रेती ‘बिखालु माया’ को संज्ञा दिन्छिन् । बालबालिकाले मन परायो भन्दैमा यस्ता खानेकुरा दिएर रोगको भारी नबोकाउन उनी सुझाव दिन्छिन् । उनका अनुसार जंक फुडले बढ्दो उमेरमा शारीरिक, प्रजनन् र मानसिक स्वास्थ्यसम्म असर पुर्‍याउँछ । 

“किशोरीहरूमा जंक फुडको अधिक प्रयोगले प्रजनन् क्षमतामा ह्रास आउँछ, यस्ता खाना बढी खाने बालबालिका मानसिक रूपमा नखानेभन्दा सुस्त भई उनीहरूको सिकाइमा समेत असर परेका विभिन्न अध्ययनहरूले देखाएका छन्,” डा. उप्रेती भन्छिन्, “भारतमा जंक फुडको अधिक प्रयोगका कारण उमेरभन्दा बढी मोटोपना भएको र शल्यक्रिया नै गर्नुपरेको अवस्था नेपालमा नआउँला भन्ने छैन,” उनी थप्छिन् । 

डा. उप्रेतीका अनुसार हरेक भौगोलिक क्षेत्रमा उपलब्ध हुने स्थानीय खाना र घरमा पाक्ने खानेकुरा नै स्वस्थकर हुन् । सहजै उपलब्ध हुने आलु, गेडागुडी, कन्दमूल, रोटी, पिठोबाट घरमै बनाउन सकिने परिकार, दाल, भात, तरकारी लगायतका खाना नै शारीरिक र मानसिक दुवै हिसाबले स्वस्थकर हुन्छन् । बालबलिकालाई सानैदेखि घरमै पाकेका र ताजा खानेकुरा खुवाउने बानी गरे जंक फुडका निम्ति जिद्दी नगर्ने उनी दाबी गर्छिन् । स्वस्थकर खानेकुराका लागि सँगसँगै पकाउन पनि बालबालिकालाई सानै उमेरदेखि सिकाउन डा. उप्रेतीको सुझाव छ । 

के स्वस्थकर खानाको विकल्प जंक फुड हो त ? कसरी हटाउने बालबालिकालाई जंक फुडको लत ? प्रस्तुत छ यस्तै विषयमा आधारित रहेर डा.उप्रेतीसँग बाह्रखरीकी अस्मिता रिजालले गरेको कुराकानी :

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro