site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बक्सिङमा आर्मी टिम च्याम्पियन

काठमाडौं । नेपाल आर्मी चौथो प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा शुक्रबार टिम च्याम्पियन बनेको छ । आर्मी १५ स्वर्ण, चार रजत र एक कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।

नेपाल बक्सिङ महासंघ र प्रकाश दाहाल प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगितामा एपीएफ तीन स्वर्ण, दुई रजत र पाँच कांस्यसाथ दोस्रो भयो । नेपाल प्रहरीले दुई स्वर्ण, दुई रजत र एक कांस्यसहित तेस्रो भयो ।

Dabur Nepal
NIC Asia

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा प्रहरीका भुपेन्द्र थापा तथा महिलामा आरडीएसकी रमिशा श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । भुपेन्द्रले मोटरसाइकल तथा रमिशाले स्कुटर पुरस्कार पाए ।

विजेतालाई अर्थमन्त्री वर्षमान पुन, पूर्वमन्त्री विना मगर, पूर्वमन्त्री दलजित श्रृपाली, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

पाँचदिने प्रतियोगितामा जिल्ला, क्लब, नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ गरी ३१ टिमका १७५ खेलाडीको सहभागिता रहेको नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले जानकारी दिए । पुरुषमा १३ र महिलामा १० गरी २३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  २२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro