site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
सोनालिसा ढुंगाना मिस युनिभर्स क्यानडा २०२४ मा

काठमाडौं । नेपालमा जन्मेकी सोनालिसा ढुंगाना मिस युनिभर्स क्यानडा २०२४ मा प्रतिस्पर्धा गरिरहेकी छन् । 

नेपालबाट उनी मास्टर्स डिग्री अध्ययनका लागि क्यानडा गएकी थिइन् ।  त्यसपछि क्यानडामा बसोबास गर्न थालेकी उनी मिस युनिभर्स क्यानडा २०२४ को प्रतिस्पर्धामा सहभागी भएकी हुन् । अहिले ‘पिपुल्स च्वाइस’ चरणमा रहेकी सोनालिसाले आफुलाई भोट गरेर समर्थन गर्न आग्रह गरेकी छन् ।

मे ५ देखि सुरु भएको भोटिङ जुलाई २५ सम्म चल्नेछ । त्यसपछि सबैभन्दा बढी भोट पाउने प्रमुख तीन प्रतिस्र्धीका लागि जुलाई २७ सम्म भोटिङ खुला रहनेछ । उनले आफुलाई भोट गरेर सहयोग गर्न आग्रह गरेकी छन् । यो (https://mucanada.choicely.com )  लिंकबाट गएर उनको नाममा गएर भोट गर्न सकिनेछ ।

क्यानडाको म्याकमास्टर युनिभर्सिटीबाट एमबीए गरेकी उनी हाल त्यहाँकै एक प्रमुख वित्तिय संस्थामा प्रबन्धक छिन् । उनले यौन दुव्र्यवहार भोगेका महिला र बालबालिकाका लागि आवाज उठाउँदै आएकी छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्