site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
क्यानडामा बुद्धजयन्ती मनाइँदै

काठमाडौं । क्यानडाको टोरोन्टोको डन्डास स्क्वायरमा २५५८औं बुद्धजयन्ती मनाइने भएको छ ।  ह्योल्मो सोसाइटी अफ क्यानडाले नेपाली जनजाति (आदिवासी) एसोसिएसन अफ क्यानडासँगको सहकार्यमा मे २५ मा २५५८औं बुद्धजयन्तीका अवसरमा टोरोन्टोको डन्डास स्क्वायरमा कार्यक्रम गर्ने भएको छ । 

वैशाख शुक्लपक्षको पूर्णिमाको दिनमा गौतम बुद्धको जन्म, महाबोधी ज्ञान लाभ र महापरिनिर्वाणको त्रिसंयोग दिवसलाई विश्वभर बुद्धजयन्तीका रूपमा मनाउने गरिन्छ । कार्यक्रमबारे जानकारी दिँदै ह्योल्मो सोसाइटी अफ क्यानडाका अध्यक्ष विश्व स्याङ्वा ह्योल्मोले नेपालको संस्कृति जोगाउन र नयाँ पुस्तालाई आफ्नो संस्कृतिको बारेमा जानकारी गराउन विभिन्न कार्यक्रम गर्न लागेको बताए । 

Dabur Nepal
NIC Asia

उनले मे २५ मा बुद्धजयन्ती क्यानडाको टोरोन्टोको डन्डास स्क्वायरमा मनाउन लागेको बताए । कार्यक्रममा यस वर्ष विशेष बौद्ध बज्रयान–महायानी धार्मिक तान्त्रिक नृत्य, ह्योल्मो सांस्कृतिक नृत्य प्रस्तुति, द्विप ‘क्षेमी’ प्रज्वलन तथा लामा गुरुबाट बुद्धको पूजा तथा शान्ति प्रार्थना गरी भगवान गौतमबुद्धको स्मृति र सम्मानमा उनका शान्तिका सन्देशहरु सम्प्रेषण गरी २५६८औं बुद्ध जयन्ती महोत्सव हुने बताए ।

उनले नयाँ पुस्तालाई बुद्ध धर्मको बारेमा जानकारी गराउने, आफ्नो धर्म, संस्कृतिको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम गर्न लागेको बताए । यसले नेपालमा पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने उनको विश्वास छ । ह्योल्मो सोसाइटी अफ क्यानडाले प्रत्येक वर्ष बुद्धजयन्तीमा छोग्फुल कार्यक्रम आयोजना गर्दै आएको उनले बताए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro