site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
नेपाली चेली स्नेहालता केसी अष्ट्रेलियाको अष्ट्रेलियान प्रान्तमा चुनाव लड्दै 

काठमाडौं  । अष्ट्रेलियाको क्यापिटल टेरिटोरी प्रान्तमा हुन लागेको प्रान्तीय चुनावमा नेपाली चेली स्नेहालता केसीले  चुनाव लड्ने भएकी हुन् । 

उनी त्यहाँ हुने निर्वाचनमा प्रदेश सभा पदका लागि आफ्नो उमेदवारी दिन लागेकी छन् । सानैदेखि वृद्धबृद्धाहरु र मानव सेवामा लागेकी उनी जेरियाट्रिक नर्सिङमा चासो राख्थिन् ।

स्नेहालाई एक सभामा अरु प्रतिसपर्धी बीच ७ मिनेट सम्बोधन गर्न लगाइएको थियो । उनले अन्य प्रतिस्पर्धीको भन्दा उत्कृष्ट भाषण दिएपछि सबै चकित समेत भएका थिए। 

Argakhachi Cement Island Ad

स्नेहाले त्यहाँकै भाषामा आफ्नो उत्कृष्ट अभिव्यक्ति दिँदै सबैको ध्यान आफुतिर केन्द्रित गर्न सफल भएकी थिइन् । उनले उनीसँगै प्रतिस्पर्धा गरिरहेका आफ्ना अन्य तीनजना प्रतिद्वन्द्वी भन्दा रोचक र समसामयिक भाषण गरेपछि उनको अभिव्यक्ति सबैले रुचाएका थिए । 

जसमा भोटिङ चेक  पाँच सदस्यीय प्यानलमा तीनद्वारा अन्तर्वार्तासँगै पाँचजना जनताबाट प्रश्नत्तोर कार्यक्रम राखिएको थियो । 

अष्ट्रेलिया क्यापिटल  ट्रेटोरीमा विगत २८ वर्ष देखी लेबर नामक पार्टी सरकारमा छ । निरन्तर २८ वर्षसम्म एउटै पार्टीको सरकार भए पनि जनताका आवस्यकता अनुसारको काम नहुँदा जनताहरुमा वितृष्णा छाउँदै गएपछि त्यहाँ अहिले नयाँ राजनीतिक दल स्थापना हुने क्रम जारी छ । 

क्याम्बेरिया प्रान्तका जनता पनि पुराना राजनीति दलको विकल्पको रुपमा पुराना राजनीति दलप्रति छाउँदै गएको बितृष्णा र निराशाले नयाँ दलप्रति बढ्दो आकर्षण रहेको जनाइएको छ ।

विगत २८ वर्ष देखी निरन्तर सरकारको नेतृत्व गरिरहेको लेबर पार्टीको विकल्पको खोजीमा त्यहाँका जनताहरु रहेको बताइएको छ ।

इन्डिपेन्डेन्स फोर क्यान्बेरा नाम गरेको नयाँ राजनीति दल खोलिएको छ । सोही पार्टीबाट स्नेहा चुनाव लड्ने भएकी हुन् । उनी त्यहाँ स्थित निर्वाचन क्षेत्रका मतदाताकै राय सल्लाहमा चुनावमा होमिएकी हुन् ।

त्यहाँका मतदाताले नै उनको सात मिनेटको रोचक र समसामयिक अभिव्यक्ति सुनेर चुनाबमा अघि सारेका हुन् ।  नेपालको नेपालगन्जमा जन्मिएकी स्नेहा पहिलादेखि नै अष्ट्रेलिया बस्दै आएकी थिइन् । उनी त्यहाँको बासिन्दा भैसककी छन् । उनी २०११ मा अस्ट्रेलिया गएकी थिइन् ।  स्नेहा  नेपालमा हुँदा रजिस्टर्ड नर्स थिइन् । उनी अभिनेतृ समेत हुन् । उनले नाम चलेका  विज्ञापन र म्युजिक भिडियोमा नेपाल हुँदा अभिन्य समेत गरिसकेकी थिइन् । उनी पुर्व सञ्चारकर्मी समेत हुन् । उनले हिमालय टेलिभिजनमा समेत काम गरिसकेकी छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  २०:२२
प्रतिक्रिया दिनुहोस्