site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
महाधिवेशन छोडेर प्रेम आले भारत भ्रमणमा, भन्छन्– एकीकृत समाजवादीमा फर्किन्न
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता प्रेम आले पार्टीको महाधिवेशन सुरु हुँदा भारत भ्रमणमा थिए । नेकपा एसको महाधिवेशन सकिनुअघि भारतका विभिन्न सहरको भ्रमण सकेर काठमाडौं फर्किएका छन् । उनी नेकपा एस भने नफर्किने बताउँछन् ।

एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्दा आलेको नाम समेटिएको छैन । उनी आठ महिनाअघिदेखि नै पार्टीमा सक्रिय नभएको भन्दै अब माधव नेपालको पार्टीमा नबस्ने बताउँछन् । “यो पार्टीको राजनीतिक दिशा भएन, नेताहरूको हिम्मत पनि देखिएन,” आलेले भने, “त्यहीकारण म यो पार्टीमा विगत आठ महिनादेखि सक्रिय छैन । यस बीचमा म भारत भ्रमण गरेर फर्किएको छु ।”

Agni Group
NIC Asia

बिहीबार मात्र दिल्लीबाट काठमाडौं फर्किएका उनी अहिले आफू स्वतन्त्र भएको बताउँछन् । “म पार्टीको काममा छैन । जनताको काम गर्दै छु । अब म जनताकै काममा बढी समय बिताउनेछु,” आलेले बाह्रखरीसँग भने ।

भविष्यमा अरु राजनीतिक दलमा पनि नलाग्ने भन्ने प्रश्नमा उनले भविष्यमा जे पनि हुनसक्ने बताए । कम्युनिष्ट पार्टीमा सक्रिय हुने हो वा डेमोक्र्याट पनि हुने भन्ने प्रश्नमा उनले कुनै विचार बनाएर आफू नबसेको बताए । “भोलि म डेमोक्र्याट पनि हुनसक्छु कम्युनिष्ट पनि हुनसक्छु,” आलेले भने, “अहिलेलाई म स्वतन्त्र छु ।”

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu