site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
 योजना छान्ने सांसद नै अनुगमनकर्ता
SkywellSkywell

पोखरा । आफैँले छानेका योजनाहरुको अनुगमन पनि आफैँले गर्नुपर्ने कार्यविधि बनाएर गण्डकी सरकारले चालु आर्थिक वर्षमा निर्वाचन पूर्वाधार विकास कार्यक्रमको ७२ करोड रुपैयाँ खर्चने तयारी गरिरहेको छ । प्रदेशका ३६ वटा निर्वाचन क्षेत्रमा सरकारले हरेक निर्वाचन क्षेत्रलाई निर्वाचन पूर्वाधार कार्यक्रमबापत २–२ करोड रुपैयाँ विनियोजन गरेको छ । 

सोही रकम खर्च गर्नको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बनाएको कार्यविधिअनुसार प्रदेशका सांसदहरु आफैँले छनोट गरेका योजनाहरुको अनुगमन पनि आफैँले गर्नेछन् । 

योजना छान्न प्रदेशका सम्बन्धित निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसद संयोजक र सोही क्षेत्रमा स्थायी ठेगाना भएका समानुपातिक सांसद सदस्य रहने एक कार्यक्रम निर्देशक समिति रहनेछ । सोही समितिले योजना छान्ने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ । सांसदहरु आफैँले छनोट गरेका योजनामा उनीहरुसहित भूमिकाविहिन जिल्ला समन्वय समितिका संयोजकतले तोकेका पदाधिकारी र सम्बन्धित स्थानीय तहका प्रमुख तथा वडाध्यक्षलाई पनि अनुमगन समितिमा राखिएको छ ।

Dabur Nepal
NIC Asia

एक लाखका योजना पनि बनाउन पाइने

कार्यविधिअनुसार सांसदहरुले न्यूनतम एकलाख रुपैयाँसम्मका योजना छनोट गर्न पाउनेछन् । कार्यविधिमा भनिएको छ, “साना योजना छनौट गर्नुपर्ने भएमा एक लाखका तीनवटा र दुई लाखका पाँचवटामा नबढ्ने गरि आयोजना छनौट गर्नु पर्नेछ ।” एक निर्वाचन क्षेत्रमा एक आर्थिक वर्षमा २५ वटासम्म योजना छनोट गर्न पाइनेछ । तर, आयोजना छनोट गर्दा कार्यक्रमबाट प्रति आयोजना कम्तिमा २५ लाख रुपैयाँ विनियोजन गर्नुपर्ने गरि दुईवटा आयोजना छनोट गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

एक आर्थिक वर्षमा पूरा नहुने खालका योजनालाई भने बहुवर्षीय योजनाको रुपमा लैजान सकिने व्यवस्था कार्यविधीले गरेको छ । योजना छनोट गर्दा रोजगारी, जनसहभागिता, पर्यटन, जोखिम न्यूनीकरण, स्थानीय तहका बजेट अपुग भएका योजनाहरुलाई प्राथमिकतामा राख्नुपर्नेछ ।

योजनाहरु– वृद्धाश्रमदेखि खेलमैदानसम्म 

कार्यविधिले विभिन्न ११ किसिमका योजनाहरु समावेश गरेको छ । सोही योजना नै सांसदहरुले छनोट गर्नुपर्ने हुन्छ । कार्यविधिअनुसार वृद्धाश्रमदेखि अनाथलय, पुनस्र्थापना केन्द्र, स्वास्थ्य चौकी, प्रसूति गृह, कर्मचारी आवास, शवदाह गृह, सार्वजनिक शौचालयहरु छनोट हुन सक्ने योजनामा परेका छन् । यसबाहेक नदी, गल्छी तथा पहिरो नियन्त्रण, सिँचाई, सडक, खानेपानी, ल्याण्डफिल साइट, पर्यटकीय स्थल संरक्षण, नवीकरणीय र घरेलु ऊर्जा, कृषि उपज संकलन केन्द्र, विद्यालयको भौतिक पूर्वाधार, खेलमैदानलगायतका आयोजनाहरुमा छनोट गर्न सकिनेछ ।

दुई किस्तामा निकासा

यी योजनाहरुको भुक्तानी दुई किस्तामा नै हुनेछ । योजना छनोट भइसकेपछि विषयगत प्रदेश कार्यालयले कार्यक्रम कार्यान्वयन गर्ने कार्यालयमा सीधै रकम पठाउनेछ ।  योजनाहरु कार्यान्वयन भने उपभोक्ता समिति तथा ठेक्का प्रक्रियाबाट गरिने उल्लेख गरिएको छ ।  प्रदेश सरकारले यसअघि नै एक करोडसम्मका योजनाहरु उपभोक्ता समितिमार्फत गर्ने निर्णय गरेको छ ।

योजना कार्यान्वयनका सन्दर्भमा चार वा छ वटा निर्वाचन क्षेत्र भएका जिल्लामा एकजना इन्जिनियर र एकजना सबईन्जिनियर तथा दुईवटामात्र निर्वाचन क्षेत्र भएको जिल्लामा एकजना इन्जिनियर करारमा भर्ना गर्ने जनाइएको छ ।

समानुपातिकले स्थायी ठेगाना बुझाउनुपर्ने 

हरेक निर्वाचन क्षेत्रले पाउने रकम समान हो, दुईकरोड रुपैयाँ । प्रत्यक्षतर्फ ३६ जना प्रदेश सांसद भएता पनि २४ जना समानुपातिक सांसद छन् । कार्यविधिले समानुपातिक सांसदलाई स्थायी ठेगाना भएको आधारमा सोही निर्वाचन क्षेत्रबाट योजना छनोटमा सहभागी बनाउने तथा कार्यक्रम निर्देशक समितिमा रहन भनेको छ ।
तर, समानुपातिक सांसदहरुको संख्या भने कुनै निर्वाचन क्षेत्रमा शून्यदेखि कुनै निर्वाचन क्षेत्रमा पाँचजनासम्म रहेका छन् ।

कास्की निर्वाचन क्षेत्र नं. २ ‘ख’ मा समानुपातिक सांसद मात्रै तीनजना छन् । प्रत्यक्षसहित यो क्षेत्रमा कुल चारजना सांसद छन् । पर्वत ‘ख’ मा भने समानुपातिक सांसद नै छैनन् । यी दुवै क्षेत्रमा समान २–२ करोड रुपैयाँ खर्च हुनेछ । गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले स्थानीय ठेगानाको आधारमा नै सम्बन्धित निर्वाचन क्षेत्रबाट समानुपातिक सांसदलाई योजना छनोटमा सहभागी गराइने बताए ।

कार्यविधी अनुसार असोज १५ गतेभित्र प्रदेशका समानुपातिक सांसदले आफ्नो स्थायी ठेगाना भएको निर्वाचन क्षेत्र खुलाई लिखित रुपमा मुख्यमन्त्री कार्यालयमा बुझाउन भनिएको छ ।

यो पनि 
कसरी बाँड्दैछ गण्डकीले निर्वाचन पूर्वाधारको ७२ करोड ?

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  १८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu