देश
काठमाडौं । काठमाडौंस्थित विष्णुमती नदीको बहाबले खतरा तह पार गरेको छ । आइतबार राति ८:५० बजे विष्णुमती नदीको गोंगबु जल मापन केन्द्रमा खतरा पार गरेको हो ।
जल तथा मौसम विज्ञान विभागले त्यो क्षेत्र नजिकको सडक भएर यात्रा गर्नेहरूलाई भोलि बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
आइतबार राति काठमाडौंमा वर्षा भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१ २१:२२
प्रतिक्रिया दिनुहोस्