site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ड्रोनको सहायतामा रसुवामा यसरी बनाइँदैछ प्रशारण लाइन 
SkywellSkywell

काठमाडौं । नेपालको पूर्वाधार निर्माणमा पनि नयाँ र विकसित प्रविधिको प्रयोग हुन थालेका छन् ।  विशेष गरी प्रसारण लाइन निर्माणमा अत्यन्तै दुर्गम रहेको स्थानमा ड्रोनको सहायता लिन थालिएको छ । 

चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइन अन्र्तगत एक हजार दुई सय ३५ मिटर लम्बाइ रहेको स्थानमा तार तान्नको लागि ड्रोन प्रयोग गरिएको हो ।  भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर निर्माणमा नेपाल विद्युत् प्राधिकरणले ड्रोनको प्रयोग गरेको छ । 

रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । 

Dabur Nepal
NIC Asia

रसुवाको उत्तरगया गाउँपालिका–१ तिरुबाट सोही वडाको सिरुचेतसम्म १ हजार २ सय ३५ मिटर लम्बाइको तार तान्नको लागि ड्रोनको प्रयोग गरिएको छ । 

मैलुङखोलामाथि पर्ने उक्त खण्डमा अत्यन्तै जोखिपपूर्ण थियो । उक्त स्थानको दुई डाँडा जोड्ने प्रसारण लाइनको लागि ड्रोनमा डोरी बाँधेर अर्को तार तानिएको प्राधिकरणले जनाएको छ । 

सो स्थान भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुङ्गागिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लानु परेका कारण पनि समयमै सम्पन्न गर्न गाह्रो भएको प्राधिकरणले भनाइ छ । 

प्रसारण लाइन निर्माण नगर्दा १११ मेगावाट रसुवागढी आयोजनाको बिजुली खेर गएपछि द्रुत गतिमा निर्माणको लागि प्रविधिको प्रयोग गरेको छ ।  आयोजनाको सम्पूर्ण काम सकिए पनि प्रसारण लाइन नहुँदा उत्पादन गर्न नपाएपछि दसैंअघि नै प्रसारण लाइन निर्माणमा प्राधिकरण लागेको छ । 

उत्पादनतर्फ आयोजना निर्माणको सम्पूर्ण काम सकिएर परीक्षण समेत गरिसकेको छ ।  तर, राष्ट्रिय ग्रिड (प्रसारण लाइन) मा जोड्न नपाउँदा १११ मेगावाट बिजुली खेर गइरहेको छ । वर्षायाममा आयोजनाहरू पूर्ण क्षमतामा चल्न सक्छन् । तर, २८ किलोमिटर प्रसारण लाइन नबनेकै कारण आयोजनाबाट उत्पादन हुने १११ मेगावाट बिजुली उत्पादन खेर गएको हो । 

यसअघि आयोजनाले २०८० पुस १५ देखि पानी भरेर परीक्षण सुरू गरेको थियो । 

करिब २ महिना परीक्षणमा कुनै समस्या नदेखिएको आयोजनाले जनाएको छ । प्रसारण लाइन बनेको भए २०८० फागुनको अन्तिमबाटै आयोजनाबाट विद्युत् उत्पादन गर्ने तयारीमा रहेको थियो । 

तर, प्रसारण लाइन नहुँदा ६ महिनादेखि आयोजनाले उत्पादन गर्न सकेको छैन । आयोजनाको सबै परीक्षण सकेर प्रसारण लाइन निर्माण सकिने प्रतिक्षामा रहेको आयोजना प्रमुख छविलाल गैरे बताउँछन् । 

“आयोजनाको सम्पूर्ण कार्य सकिएर विद्युत् प्रसारण गर्ने तयारीमा छौं । प्रसारण लाइन तयार भएपछि परीक्षण उत्पादन सुरू गछौं,” उनले भने, “चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि उत्पादन सुरू हुन्छ ।” 

आयोजनाको पावर हाउसबाट चिलिमे हवसम्मको लागि १० किलोमिटर प्रसारण लाइन निर्माण भएर बिजुली प्रवाह गर्ने तयारी हालतमा छ ।

बाढीपहिरो, ठेकेदारको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९ तथा निर्माणस्थल हिमाली र पहाडी क्षेत्रमा पर्ने भएकाले लाइन निर्माणमा मौसमको पनि प्रतिकूल प्रभावका कारण ढिलाइ भएको प्राधिकरणको भनाइ छ । 

प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि २६०० मिटरसम्म पर्ने भूभागमा निर्माण गरिएको छ । ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नु पर्ने अवस्था भएको कारण उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको प्राधिकरणले जनाएको छ । 

खच्चड र मानिसबाट निर्माण सामग्री र उपकरणहरु ढुवानी गरी ९ वटा टावर निर्माण गरिएको छ । २ वटा टावर हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी गरी निर्माण गरिएको छ । 

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतनै २२०–१३२–३३ केभीका चिलिमे हव र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् ।  प्रसारण लाइनमा पर्ने ७६ वटा टावरमध्ये ७५ वटाको निर्माण सम्पन्न भएको छ । 

एउटा टावर जडान कार्य अन्तिम चरणमा छ । २८ किलोमिटर मध्ये अब पाँच किलोमिटर करिब पाँच किलोमिटर तार तान्न बाँकी रहेको  त्यसका लागि करिब २ सय जना श्रमिकहरु परिचालित छन् ।  प्रसारण लाइन नै नबनेर रसुवागढीको उत्पादन खेर गएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले गत शनिबार निरीक्षण गरेको थियो । 

आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी निर्माण कार्यमा ढिलाइ नगर्न,  कामदार थपेर कामलाई तिब्रता दिन आग्रह गर्दै टोलीले बाँकी रहेका हरेक काम सम्पन्न गर्ने तालिका तय गरी सोहीअनुसार  कार्यसम्पादन गर्न निर्देशन दिएको छ । 

टोलीले अन्तिम टावरको जडान कार्य भइरहेको र तार तान्न बाँकी रहेको ठाउँको अनुगमनसमेत गरेको थियो । 

प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटका रसुवागढी र ४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजनाको विद्युत् यही प्रसारण लाइनमा जोडिने छ । 

दुवै आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन् ।  यसले गर्दा पनि प्रसारण लाइन निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण छ ।  प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा निर्माणाधीन प्रसारण लाइन निरन्तरको प्रयासपछि अन्तिम चरणमा पुगेको बताए । 

“यो लाइन बन्न नसक्दा दुई जलविद्युत आयोजनाहरुले विद्युत् उत्पादन सुरु गर्न सकिरहेका छैनन्, विकट भौगोलिक अवस्थालाई पार लगाउँदै लाइन निर्माण अन्तिम चरणमा पुगेको छ, बाँकी काम सम्पन्न गर्न सबैले अन्तिम प्रयास गरौं र दशैं अगाडि जसरी पनि निर्माण सम्पन्न गरौं,” घिसिङले भने ।  

प्रसारण लाइन अन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ ।  कोरियन कम्पनीहरुको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको विद्युत जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो । 

माथिल्लो त्रिशूली–१ ले मल्टी सर्किटलाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्ने छ ।  प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । 

ठेक्का सम्झौता २०७४ को पुसमा कार्यान्वयनमा आएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ०९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu