site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्छु, मबाहेक अरूले सक्दैन : वामदेव गौतम

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्ने आफ्नो संकल्प रहेको बताएका छन् । बिहीबार कार्ल विक्रम थापाले लेखेको ‘अमेरिकाको संक्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा गौतमले कम्युनिस्ट पार्टीहरूलाई एकीकरण गरेर एउटै पार्टी बनाउने उद्देश्य रहेको बताए ।

"मैले संकल्प गरेको एउटा उद्देश्य पूरा भएको छ– राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना । एउटा उद्देश्य पूरा भएको छैन– कम्युनिस्ट पार्टीहरूको एकीकरण । मेरो जीवनमा फेरि त्यो स्थिति ल्याउन सकेँ भने म मर्दामर्दै अधमरा भएको बेलामा पनि कसैले सुनाए भने म हाँस्ने छु । खुसी हुने छु," उनले भने ।

उनले कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्न आफूबाहेक अरूले भूमिका खेल्न नसक्ने पनि जिकिर गरे । उनले अन्य कम्युनिस्ट पार्टीका नेताहरू एकआपसमा शत्रुवत् व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत् सम्बन्ध रहेको बताए । उनले कम्युनिस्ट पार्टीहरू एकताबद्ध हुनुको विकल्प नभएको बताए ।

"अहिलेको परिस्थितिमा म नलागिकन अरूले भूमिका खेल्न सक्नुहुन्न । परिस्थिति त्यस्तो भएको छ । किनकि उहाँहरू शत्रुगत व्यवहारमा हुनुहुन्छ, म कसैसँग पनि शत्रुवत् होइन, मित्रता नै राखिराखेको छु," उनले भने ।

विगतमा आफ्नै प्रयासमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादीकेन्द्र)बीच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी(नेकपा) बनाएको भए पनि आफूलगायत शीर्ष नेताहरूले बुद्धि पुर्‍याउन नसक्दा एकता नटिकेको बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  २१:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro