देश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
विद्युतीय कारोबार ऐन अनुसारको कसुरमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार रामु शर्माले जानकारी दिए ।
उनका अनुसार प्रसाईंसँगै जीवन पाण्डे र दुर्गा खनालविरूद्ध पनि पुर्जी जारी भएको हो । प्रसाईंले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुने खालको अभिव्यक्ति दिएको कारण प्रहरीको साइबर ब्युरोले पक्राउको अनुमति मागेपछि पक्राउ पुर्जी जारी भएको हो ।
प्रकाशित मिति: बुधबार, असोज २, २०८१ १७:०१
प्रतिक्रिया दिनुहोस्