राजनीति
काठमाडौं । जनकपुरमा संविधान दिवसको विरोधमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले विरोध र्याली निकालेको छ । मधेस सरकारमा समेत रहेको लोसपाका नेता कार्यकर्ताले संविधान दिवसको विरोधमा कालोपट्टी बाँधेर कालो झन्डासहित प्रदर्शन गरेका हुन् ।
प्रदेशसभा सदस्य जितेन्द्र सोनलको नेतृत्वमा भएको प्रदर्शनका क्रममा उनीहरूले 'विभेदपूर्ण संविधान'ले मधेसी जनताका अधिकार संरक्षण नगरेको बताएका थिए ।
उनीहरूले मधेसी जनताको अधिकार सुनिश्चित हुने गरी संविधान संशोधन गर्न पनि माग गरेका छन् ।
नेता सोनलले नेपालको संविधानमा मधेसी, आदिवासी, जनजाती, मुस्लिम, थारूलगायत सबैको अधिकार सुनिश्चित हुनुपर्ने माग गरे ।
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१ २१:००
प्रतिक्रिया दिनुहोस्