site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कार्यकर्तालाई रविको निर्देशन : एमाले–कांग्रेसले हामीविरुद्ध एउटा लेखे, तपाईंहरू पाँच काण्ड लेख्नू
SkywellSkywell

पोखरा । पोखराको सूर्यदर्शन सहकारीमा १८ हजारभन्दा बढी बचतकर्ताको एक अर्ब ११ करोडभन्दा बढी रकम अपचलन भएपछि त्यसमा मुछिएका छन्, पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ।

उनी प्रबन्ध निर्देशक भएका बेला गोरखा मिडियामा सहकारीबाट रकम गएको खुलेपछि पीडितहरू लामिछानेप्रति आक्रोशित बनेका छन् । लामिछाने गृहमन्त्री भएका बेला पनि कास्की प्रहरीले गरिरहेको छानबिनलाई दबाउन खोजेको आशंकासहित पीडितहरू लामिछानेप्रति झनै आक्रोशित बनेका थिए ।

त्यसको परिणाम सोमबार पनि देखियो । रास्वपाको प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न आएका लामिछानेलाई कार्यक्रमस्थल विरौटास्थित ग्यालेक्सी बैंक्वेटमा प्रहरीले स्कर्टिङ गर्दै लग्यो । त्यहाँ प्रवेश हुनुअघि लामिछानेले कालो झन्डा देखे, आफ्नाविरुद्ध लागेको ‘सहकारी ठग’सहितका नाराबाजी सुने ।

Dabur Nepal
NIC Asia

उनले स्पष्टीकरण नदिएका पनि होइनन्, तर पीडितहरू चाहिँ उनीमाथि शंकाको दृष्टिकोणले हेर्न छाडेका छैनन् । सञ्चारकर्मीलाई समेत निषेध गरिएको उक्त कार्यक्रममा लामिछानेले आफ्नो पार्टीका सदस्यहरूबाट समेत सहकारीमा सहभागिताको विषयमा प्रश्नको सामना गर्नुपर्‍यो ।

Rabis-1725972938.jpgलामिछानेले विगतको झैँ आफूले ऋण नलिएको दाबी दोहोर्‍याए । गल्ती प्रमाणित भए अहिलेसम्म वर्तमान सरकारले जेल हालिसक्ने तर प्रमाण नभेटिएको र आफू निर्दोष भएको जिकिर उनले गरे ।

त्यतिमात्र होइन, उनले रास्वपाका सदस्यहरूलाई एकको बदला पाँचवटा काण्ड लेख्न निर्देशनसमेत दिए ।

“कहिलेकाहीँ हामी डराउँछौँ, हामीले केही भन्यो भने सहकारी ठग रै'छ भनेर डराउँछौँ । हामीलाई एउटा लेख्छन्, यिनीहरूको पाँचवटा लेख्नुहोस् न,” उनले थपे, “एमालेले भन्यो भने, एमालेको पाँचवटा काण्ड थाहा छैन । र, एकको बदला पाँच हाल्नुहोस् । कांंग्रेसले भन्छ, एकको बदला पाँच हाल्दिनुहोस्, पचास लेख्न मिल्छ, पाँच लेख्नुहोस् । ...नक्कली भुटानी शरणार्थीदेखि नक्कली डिभोर्ससम्म लेखेर पठाइदिनुहोस् न ।”

सदस्यहरूले उठाएको प्रश्नमध्ये धेरै समय चाहिँ उनले आफू सहकारी प्रकरणमा निर्दोष रहेको बताउनमा नै खर्च गरे । त्यसक्रममा उनले एमाले, कांग्रेसले गलत भाष्य बनाइदिएको आरोप लगाए ।

RSP-Gandaki-1725972938.jpg
“कोही धरौटीमा छुटेका छन् । कति पैसा गयो, त्यसको बिगो कायम भएको छ । म हुँदा अहिले भनिन्छ नि 'केही पनि थाहा छैन तिमीहरूलाई', 'नाइँ मलाई थाहा छैन भन्छौ तिमीहरू' भन्छन् । त्यो उनीहरूले बनाएको भाष्य हो,” उनले प्रश्न गरे, “पहिलो कुरा त, थाहा नभएको कुरालाई थाहा छैन नै भन्ने हो, थाहै नभएको कुरालाई थाहा छ कसरी भन्ने हो र ?”

उनले त्यतिबेला आफू प्रबन्ध निर्देशक रहे पनि जीबी राई नै कार्यकारी अध्यक्ष रहेको सदस्यहरूलाई बताए ।

लगानीकर्ताले प्रत्येक दिन गरेको लगानीको, कसले कहाँ डिपोजिट गर्‍यो, कुन बैंकबाट कति पैसा आयो भन्ने कुरा दिनदिनै हेर्ने कुराको जिम्मेवारी कार्यकारी अध्यक्षको भूमिका निर्वाह गरेको व्यक्तिले हेर्ने र उक्त भूमिका जीबी राईसँग रहेको उनले बताए ।

सूर्यदर्शन सहकारीबाट पुलेसो कर्जा खडा गरेर रवि लामिछानेले एक करोड रुपैयाँ लगेको दाबी पोखरा महानगरले गरेको प्रतिवेदनमा उल्लेख छ । व्यक्तिगत खातामा गएको रकमबारे सदस्यहरूले प्रश्न उठाएका थिए ।

Rabi-in-Pokhara-d]-1-1725972938.jpg“आज कसैले चर्चा गर्नुभयो, मेरो व्यक्तिगत खातामा आएको, आफ्नो खातामा आएछ, व्यक्तिगत कसले हाल्दिएछ भन्नुभयो,” लामिछानेले भने, “कम्पनीको खातामा जम्मा भएको छ, कम्पनीबाट पैसा ल्याउँदा लगानीकर्ताले केही सम्झौता गरेर ल्याएको होला, केही कोलाटेरल गरेर ल्याएको होला, कसैले डिपोजिट गरिदिएको होला ।”

उनले अगाडि भने, “मैले ऋण लिएको प्रमाणित भए, ऋण तिर्ने दायित्व होला, कति हो त ऋण मेरो, कहाँबाट हो त मैले ऋण लिएको  ? कहाँ गएर तिर्ने, कि कान्तिपुरलाई लगेर बुझाउने हो ? बुझाउने त ऋण लिएको ठाउँमा होला नि ।”

सूर्यदर्शन सहकारीमा बदमासी भएको कुरा जतिबेला सर्वसाधारणले थाहा पाए, आफूले पनि त्यहीबेला थाहा पाएको उनको भनाइ छ ।

Rabi-in-Pokhara-1725972939.jpg“यो विषय उठेको १७/१८ महिना भयो । चार महिना हामी सरकारमा भयौँ होला । बाँकी दिन मैले गल्ती गरेको भए, के यिनीहरूले मलाई दया गरेर, माया गरेर छाडेका हुन र ?,” उनले प्रश्न गरे ।

निर्दोष भएकै कारण आफूलाई नसमाएको दाबी उनको छ ।

“आफ्नै पाटीर्को बालकृष्ण खाँणलाई घरमा ढोका फोडेर घोक्रेठ्याक लगाएर जेल हाल्नेहरूले रवि लामिछानेलाई दया गरेर, माया गरेर, कठै बिचरा भनेर छाडेका होइनन् । गल्ती गरेको छैन, कुनै प्रमाण छैन, गल्ती नगरेपछि प्रमाण हुने कुरा पनि भएन, कुनै आधार छैन, क्लू छैन,” लामिछानेले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu