site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकी प्रदेश सांसदलाई सुनजडित लोगो, पहिले भन्दा ३३ गुणा महंगो
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकी प्रदेशका सांसदहरुको लागि सुनजडित नयाँ लोगो बनाइने भएको छ । जुन लोगो हालको तुलनामा ३३ गुणा महंगो हुनेछ । गुणस्तरीय र आकर्षक लोगो बनाउन कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको हो । लोगोको डिजाइन पुरानै भएता पनि धातुको रुपमा चाँदी प्रयोग गर्ने र बाहिरी कक्षमा भने सुन लेपन गरिनेछ । हाल प्रदेशका मुख्मयन्त्रीदेखि मन्त्री र सांसदहरुले प्लाष्टिकको लोगो प्रयोग गर्दै आएका छन् ।

अहिले सांसदहरुले लगाएको लोगो एक वर्ष नपुग्दै धमिलिएको छ । “गुणस्तरीय र आकर्षक लोगो बनाउन कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको छ,” समितिका सदस्य तथा सांसद हरिशरण आचार्यले भने, “डिजाइन चाहिँ पुरानै हुन्छ, त्यसमा प्रयोग हुने धातु चाहिँ प्लाष्टिक हुँदैन चाँदी हुन्छ र बाहिर चाहिँ सुन प्रयोग गरिएको हुन्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

तर, यो लोगो भने नेपालमा तयार हुँदैन । चीनको सांघाई प्रान्तमा उक्त लोगो तयार हुनेछ र तयार भएपछि प्रदेश सांसदहरुले सुनजडित लोगो लगाउनेछन् । नयाँ लोगोको मूल्य भने हाल प्रयोग गरिएको भन्दा ३३ गुणा महँगो हुनेछ । अहिले सांसदहरुले लगाएको लोगोको मूल्य एक सय ९५ रुपैयाँको हो । प्रदेशसभा सचिवालयका अनुसार एक सय वटा प्लाष्टिकका लोगोहरु प्रतिलोगो एक सय ९५ रुपैयाँ तिरेर बनाइएको थियो ।

नयाँ लोगोको मूल्य भने प्रतिलोगो छ हजार पाँच सय रुपैयाँ पर्नेछ । प्रदेशसभा सचिवालयले आर्थिक मामिला तथा योजना मन्त्रालयमा यससम्बन्धि प्रस्ताव पठाएको जनाएको छ । सभामुख नेत्रनाथ अधिकारी नेतृत्वको कार्यव्यवस्था परामर्श समितिको सिफारिसमा गठित ‘लोगो तथा पोशाक सिफारिस समिति’ ले गतवर्ष भदौ ३० गते गण्डकी प्रदेशको लोगो सार्वजनिक गरेको थियो ।

Global Ime bank

सोही डिजाइनलाई चाँदीमा उतार्ने र बाहिरी कक्षमा सुनको घेरो लगाएर तयार गरिने जनाइएको छ । “लोगोभित्र प्रयोग गरिएको धानको बाला सुनको हुनेछ,” सांसद हरिशरण आचार्यले जानकारी दिए । खुला प्रतिष्पर्धामा निर्मित लोगोको डिजाइन प्रदेशसभाकै कर्मचारी विनित रानामगरले गरेका हुन् । उनले बनाएको प्रदेशको लोगोमा दुई धानका बालाले घेरेको गोलाकारभित्र रहेको माछापुच्छ्रेको चुचुरोको आकार सहितको अन्नपूर्ण हिमश्रृंखला छ । त्यसभन्दा तल गाढा र फिका रङको पहाड छ । यसले क्रमश पहाडी क्षेत्र र भित्री मधेसको पहाडी क्षेत्रलाई चिनाउँछ ।

लोगोको माथिपट्टि देखिने हिमालले अन्नपूर्ण हिमाल क्षेत्रलाई जनाउँछ । हिमाली जिल्लालाई समेत यसले प्रतिनिधित्व गर्दछ । लोगोको दायाँबायाँ राखिएका धानको बाला समृद्धिका प्रतीक हुन् । नेपालको नक्साभित्र गण्डकी प्रदेशको छुट्टै नक्सा छ ।  यसले प्रदेशको भूगोल चिनाउँछ । उक्त भूगोलभित्र तराई क्षेत्रीय जिल्ला नवलपुरदेखि मनाङ, मुस्ताङका जातजाति अटाएका छन् । गण्डकी प्रदेशमा बोलिने भाषा, भेषभुषा र संस्कृतिको प्रतिनिधित्व गरेको छ । युवादेखि वृद्धहरुसम्म नक्सामा अटेका छन् ।

पहाडको काखबाट बहने नदीले गण्डकी प्रदेशको जलसम्भावनालाई प्रष्टयाउँछ । नदीको संकेतको वारिपारि गैँडा र जरायो चरेका छन् । चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने गण्डकी प्रदेशका वन्यजन्तुको प्रतिनिधित्व यी जनावरले गरेका छन् । लोगोभित्रको डाँफे राष्ट्रिय पंक्षी हो ।
त्यसभन्दा तल लैंगिक समानता झल्काउन महिला र पुरुषले हात मिलाएको संकेत राखिएको छ । यी हातहरुमा पनि सुनको लेपन लगाइनेछ ।

यो लोगो बनाएबापत उनले २५ हजार रुपैयाँ पुरस्कार समेत पाएका थिए  प्रदेश सांसदहरुको ड्रेसकोड भने खैरो रंगको रहेको छ । प्रदेशसभा नियमावलीमा लोगोको व्यवस्था भने पछि थप गरिएको हो ।  गत जेठ २० गते तेश्रोपटक संशोधन गरिएको प्रदेशसभा नियवमालीमा नयाँ अनूसूची थपेर लोगोको व्यवस्था गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १७, २०७६  १९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC