site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपा नेताविरुद्धका अदालतको अवहेलना मुद्दामा प्रमाण पुर्‍याउन निवेदकलाई आदेश

काठमााडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूविरुद्धको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले रास्वपा नेताहरूको भाषण ट्रान्सक्राइभसहित प्रमाण पुर्‍याउन निवेदक अधिवक्ता अनुपम भट्टराईका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले निवेदकलाई पेस गरेको कागजातको पूर्णपाठ तथा भिडियो क्लिप र भिडियोलाई लिपिबद्ध (ट्रान्सक्राइब) गरी बुझाउन भनिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यसमा निवेदनसाथ पेस गरेको कागजातको पूर्णपाठ तथा भिडियो क्लिप तथा सो भिडियोलाई लिपिबद्ध गरी निवेदकबाट यथाशीघ्र पेस गर्न लगाई नियमअनुसार पेस गर्नु,” गत मंगलबार भएको आदेशमा भनिएको छ ।

सहकारी ठगी प्रकरणमा रवि लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए । उनलाई सोही दिन काठमाडौंबाट पोखरा लगिएको थियो । त्यसपछि पोखरा नै पुगेर रास्वपाका नेताहरूले राजनीतिक प्रतिशोध साँधिएको भन्दै आन्दोलन थालेका थिए । अदालतले थुनामा राखेर अनुसन्धानको अनुमति दिएपछि निरन्तर आन्दोलन गरेको रास्वपाले म्याद थपका दिन आन्दोलन चर्काउँदै आएको थियो ।

आन्दोलनका क्रममा रास्वपाका नेताहरूले रविलाई थुनामा राख्नुको औचित्य नभएको भन्दै न्यायाधीशको म्याद थपको आदेशको औचित्यमा प्रश्न उठाउँदै भाषण गरेका थिए । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले ‘न्यायाधीशलाई सोध्नुहोला, तपाईं कुन पार्टीको’ भन्दै भाषण गरेपछि त्यसलाई नै आधार बनाएर अधिवक्ता भट्टराईले अदालतको अवहेलनाको निवेदन दायर गराएका थिए ।

No description available.

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १८:४६
प्रतिक्रिया दिनुहोस्