अर्थ व्यवसाय
काठमाडौं । विकास साझेदार एसियाली विकास बैंक (एडीबी) ले नेपालको माध्यमिक शिक्षा क्षेत्रमा पहुँच र यसको गुणस्तर बढाउन झण्डै १३ अर्ब रुपैयाँ सहयोग स्वीकृत गरेको छ ।
एडीबीले १२ करोड अमेरिकी डलर ऋण र ५ लाख डलर अनुदान सहयोग स्वीकृत गरेको जानकारी गराएको छ । आउदो वर्षदेखि सन् २०२३ सम्म सबैका लागि शिक्षा प्रयास योजनालाई यो सहयोग रकम खर्च हुने भएको छ । यस्तै विद्यालय क्षेत्र विकास योजना अन्र्तगत विभिन्न दातृ निकायहरुले साढे ६ अर्ब डलर सहयोग गरेका छन् । साढे ६ अर्ब डलरको योजनाबाट ६३ लाख विद्यार्थी, १ लाख ५३ हजार २ सय शिक्षक र ३४ हजार बढी विद्यालय बढी लाभान्ति हुने एडीबीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७३ १५:५८
प्रतिक्रिया दिनुहोस्