site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स नेपालमा सार्वजनिक

काठमाडौं । रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसन नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक विक्रेता अल्फा अटोमोटिभले क्लासिक ३५० सिग्नल्स एडिसन सार्वजनिक गरेको हो ।

कम्पनीले ३५० सीसी इन्जिनको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्त्विक तथा पोस्ट वार जीटू मोडलको उत्प्रेरणा जगाउने मोटरसाइकल दाबी गरेको छ ।

Dabur Nepal
NIC Asia

मोटरसाइकलको नयाँ एयर आयल कुल्ड इन्जिनले सहज पावर डेलिभरी, बलियो टर्क र अत्यन्त परिष्कृत सवारी अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

नयाँ एर्गोनोमिक्स, ग्रिप्स, रोटरी स्विच इन्फो स्विच र ओभल मास्टर सिलिन्डरलगायत विभिन्न फिचर बाइकमा उपलब्ध छन् ।

बाइकमा नयाँ पाइलट लाइट भएको हेडलाइट र नयाँ डिजाइनको टेललाइट तथा एकीकृत रिफ्लेक्टर रहेको कम्पनीले जनाएको छ ।

अगाडि ३०० एमएम डिस्क ब्रेकसँगै टिविन्स पिस्टन फ्लोटिङ क्यलिपर र पछाडी २७० एमएमको डिस्क ब्रेकसँग सिन्गल पिस्टन फ्लोटिङ क्यलिपर रहेको कम्पनीले जनाएको छ ।

यो बाइक रोयल इन्फिल्डको नेपालभरका २४ वटै सोरुममा उपलब्ध भइसकेको कम्पनीले बताएको छ । सिग्नल्स एडिसन डेजर्ट स्यान्ड र मार्स ग्रे कलरमा उपलब्ध छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro