site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल बैंक र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजबीच छुट सम्झौता  

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजबीच छुट सम्झौता भएको छ । बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता हुने ग्राहकहरूलाई काठमाडौंको जमलमा रहेको नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।

सो सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता भएका ग्राहकहरूलाई अस्पतालका सेवाहरूमा लाग्ने शुल्कमा बिल रकमको १० देखि २५ प्रतिशतसम्म छुट हुनेछ । त्यस्तै, सेवामा लाग्ने कन्सलटेन्सन शुल्कमा १०० प्रतिशत छुट हुने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।   

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तीलकराज पाण्डेय र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजको तर्फबाट अध्यक्ष रूपनारायण शाहले हस्ताक्षर गरेका छन् ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro