site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वर्ल्डलिंकले पायो नयाँ लाइसेन्स

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले वर्ल्डलिंक कम्युनिकेसनलाई नयाँ अनुमतिपत्र (लाइसेन्स) प्रदान गरेको छ ।

प्राधिकरणले संशोधित दूरसञ्चार नियमावली २०५४ अनुसार वर्ल्डलिंकलाई इन्टरनेट सेवाप्रदायक (आईएसपी) र नेटवर्क सेवाप्रदायक (एनएसपी)को नयाँ लाइसेन्स प्रदान गरेको हो ।

कम्पनीले प्राधिकरणबाट २०५५ चैत १६ गते आईएसपी र २०५६ को साउन १९ गते एनएसपीको लाइसेन्स पाएको थियो ।

दूरसञ्चार ऐन, २०५३ मा दूरसञ्चार सेवाप्रदायक कम्पनीको लाइसेन्स अवधि २५ वर्षको मात्रै हुने व्यवस्था थियो । त्यसैले गत चैत र साउनयता वर्ल्डलिंकले नयाँ लाइसेन्स पाउने वा नवीकरण हुने अन्योल थियो ।

तर, सरकारले हालै दूरसञ्चार नियमावली २०५४ संशोधन गर्दै २५ वर्ष पूरा गरेका कम्पनीलाई पुनः अनुमतिपत्र दिनसकिने व्यवस्था गरिदिएको थियो ।

वर्ल्डलिंकले पाँच वर्षका लागि नयाँ लाइसेन्स प्राप्त गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताएका छन् । दुवै लाइसेन्स म्यादनाघेको मितिदेखि नै लागु हुनेगरी प्रदान गरिएको उनले बताए ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro