site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सोलिडारिटी कपको लागि मलेसियामा नेपाली फुटबल टोलीको तयारी (फोटो फिचर)
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जित्ने लक्ष्य लिएका नेपाली राष्ट्रिय फुटबल टोली मलेसियामा अन्तिम तयारी गरिरहेका छन् । एएफसी सोलिडारिटी कपको उपाधि जित्ने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोलीले अन्तिम तयारी स्वरूप दैनिक अभ्यास जारी राखेका छन् ।
एएफसी सोलिडारिटी कपको उद्घाटन खेलमा बुधबार बेलुका समूह एका ब्रुनाई र टिमोर लिस्टे प्रतिस्पर्धा गर्दैछन् । र, नेपाली टोलीले एएफसी सोलिडारिटी कपको उद्घाटन अघि बुधबार बिहान कुचिङस्थित युनीमास युनिभर्सिटीको मैदानमा अभ्यास गरेका थिए ।
नेपालले पहिलो खेलमा कात्तिक २० गते टिमोर लिस्टेसँग खेल्नेछ । त्यस्तै नेपालले समूह चरणको अन्तिम खेल ब्रुनाईसँग कात्तिक २३ खेल्नेछ । लिग कम नकाउटका आधारमा हुने प्रतियोगितामा दुई समूहको बिजेता र उपबिजेताले सेमिफाइनलमा स्थान बनाउने छन् । सात टोली सहभागी हुने सोलिडारिटी कपको समूह बीमा श्रीलंका, मकाउ, लाओस र मंगोलिया छन् ।
कप्तान अनिल गुरुङको कप्तानीमा रहेको नेपाली टोलीको लक्ष्य उपाधि जित्नु रहेको छ । सोलिडारिटी कप अघि  मंगलबार मलेसियाको कुचिङमा भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक जापानिज गोटुकु कोजीले आफ्नो लक्ष्य एएफसी सोलिडारिटी कपको उपाधि जित्ने रहेको बताईसकेका छन् । गत मार्चमा नेपाली राष्ट्रिय टिमको प्रशिक्षक बनेका कोजीको यो पहिलो अन्तराष्ट्रिय प्रतियोगिता समेत हो । कोजीको प्रशिक्षणमा नेपालले यसअघि दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको छ ।
एएफसी सोलिडारिटी कपको लागि अनिल गुरुङको कप्तानीमा २३ सदस्यीय टोली नेपाली टोली मलेसियामा रहेका छन् । नेपाली टोलीमा टोलीमा ८ डिफेन्डर, ६ मिडफिल्डर, ६ फरवार्ड र ३ गोलकिपर छन् ।
नेपाली टोलीको गोलकिपरमा विकेश कुथु, किरण चेम्जोङ्ग र बिशाल श्रेष्ठ रहँदा डिफेन्डरमा बिराज महर्जन,रबिन श्रेष्ठ, अनन्त तामाङ, दीपक गुरुङ, कमल श्रेस्ठ, देबेन्द्र तामाङ्ग, रन्जित धिमाल र आदित्य चौधरी छन् । त्यस्तै मिडफिल्डरमा बिशाल राई, हेमन गुरुङ, बिक्रम लामा, सुजल श्रेष्ठ र राजेन्द्र रावल छन् भने फरवार्डतर्फ कप्तान अनिल गुरुङ, नवयुग श्रेष्ठ, भरत खवास, बिमल घर्ती मगर, रन्जन बिष्ट र अन्जन बिष्ट  छन् ।
एएफसी च्यालेन्ज कप आयोजना हुन छोडेपछि एएफसीले त्यसको विकल्पको रुपमा एएफसी सोलिडारिटी कप आयोजना गरेको हो । र, एएफसीले सन् २०१८ को विश्वकप र २०१९ को एसियन कप छनोटबाट बाहिरिइसकेका टोलीलाई प्रतियोगितामा सहभागी गराएको हो ।
 
तस्बिरः सौजन्य एन्फा
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७३  १५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro