site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनपीएल खेल्न न्युजिल्यान्डका पूर्वओपनर ब्याटर मार्टिन गप्टिल नेपाल आइपुगे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणमा विराटनगर किंग्स्मा अनुबन्धित भएमा मार्टिन गप्टिल नेपाल आइपुगेका छन् । न्युजिल्यान्डका पूर्वओपनर ब्याटर गप्टिल एनपीएल खेल्न बिहीबार नेपाल आइपुगका हुन् । 

उनलाई विराटनगरका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने तालिका छ । 

सन् २०१४ को एकदिवसीय विश्वकपमा वेस्ट इन्डिजविरुद्ध दोहोरो शतकसहित अविजित २३७ रन बनाएपछि गप्टिल चर्चाको शिखरमा आएका थिए । गप्टिलले न्युजिल्यान्डबाट ४७ टेस्ट, १९८ एकदिवसीय र १२२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । 

यसक्रममा उनले टेस्टमा दुई हजार ५८६, एकदिवसीयमा सात हजार ३४६ र टी–२० मा तीन हजार ५३१ रन बनाएका छन् । गप्टिलले न्युजिल्यान्डबाट सन् २००३ मा डेब्यु गर्दा २०२३ मा सन्न्यास लिएका थिए । 

गप्टिलसँग भारतको इन्डियन प्रिमियर लिग (आईपीएल), पाकिस्तान सुपर लिग (पीएसएल), बिग बास लिग (बीबीएल) र क्यारेबियन प्रिमियर लिग (सीपीएल) जस्ता विश्व चर्चित फ्रेन्चाइज क्रिकेट लिगको अनुभव छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro