देश
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक हेमन्त मल्लले सवारीको क्रममा सर्वसाधारणलाई हिँडडुल गर्न कुनै प्रतिबन्ध नलगाइएको प्रष्ट पारे । उनले भने– “सवारीको क्रममा बीच सडकमा भने हिँड्न दिने कुरा भएन, सडक किनारा र पेटीबाट हिँड्न रोक लगाइएको छैन”
प्रवक्ता मल्लले सवारी चल्ने ‘रुट’ का पसल, सटर बन्द गराइने भन्ने विषय पनि हल्ला मात्रै भएको स्पष्ट पारे । रासस
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७३ १५:०४
प्रतिक्रिया दिनुहोस्