site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पौडेल र श्रेष्ठलाई जनही करिब सात करोड असुलसहित आठ वर्ष कैद हुने फैसला

काठमाडौं । विशेष अदालतले राजस्व स्टिकर छपाइ भ्रष्टाचारमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन निर्देशक विकल पौडेल र राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक सफल श्रेष्ठबाट झन्डै सात करोड असुल हुने फैसला गरेको छ । 

विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले पौडेल र श्रेष्ठबाट तीन करोड ४२ लाख २२ हजार ८०० विगो असुल गरी त्यति नै जरिवाना हुने फैसला गरेको हो । उनीहरू दुवैलाई आठ वर्ष कैद हुने फैसला पनि भएको छ । 

गत कात्तिक १४ मा भएको फैसलाअनुसार बिहीबार (आज) विशेष अदालतले सजाय निर्धारण गरेको हो । उक्त मुद्दामा अख्तियारले विपक्षी बनाइएका तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालसहितका प्रतिवादीले भने सफाइ पाएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro